Fused Prismatic Diffracted Model, F.W. Riggs द्बारा प्रतिपादित विकासको एउटा सिद्धान्त हो । यसलाई विषयवस्तु अनुसार विभिन्न दृष्टिकोणबाट अध्ययन गर्न सकिन्छ । यहाँ हामीहरु सार्वजनिक प्रशासनको विकासका आयामबाट चर्चा गर्नेछौँ ।
सार्वजनिक प्रशासनको विकास मानव विकासको इतिहास जत्तिकै पुरानो छ । समाज
विभिन्न चरण र अवस्थाहरु पार गर्दै विकासको उच्चतम विन्दुतर्फ वहन्छ । यसै क्रममा
सार्वजनिक प्रशासनको विकास पनि Fused-Prismatic हुँदै Diffracted
अवस्थासम्म पुग्दछ ।
यस्तै माथि चित्रमा देखाईएको जस्तै प्रशासनको विकासको सुरुवाति चरणमा एउटै
कार्यालय वा संरचानाले सवै कार्यहरु गर्ने गर्दछ । जस्तै गाउँपालिका वा
नगरपालिकाहरुले सबै प्रकारका कार्यहरु एउटै संरचना वा संस्थाबाट कार्यसम्पादन
गर्दछन । विकासको सुरुवाती चरणमा समाजका सवै गतिविधिहरु हेर्ने सरकार मात्रै एउटा
संरचना थियो । समाजको विकाससँगै सरकारका कार्यहरुलाई विभिन्न मन्त्रालयहरु स्थापना
गरेर सोहि विषयगत मन्त्रालयद्बारा सम्पादन गर्न थालियो । यो सार्वजनिक विकासको
मध्यतम् अवस्था हो । मन्त्रालयको प्रभावकारिता तथा कार्यसम्पादनलाई थप सशक्त बनाउन
आवश्यकता अनुसार थप विभाग र इकाइ कार्यालयहरुमा बाँडेर कार्यसम्पाद गर्न थालियो ।
कुनै विशेष प्रकारको मात्र कार्य सम्पादन गर्न विशिष्टिकृत प्रशासनिक संरचना स्थापना
भएको अवस्था Riggs मोडेलको Diffracted अवस्था हो । यस मोडेलका Fused-Prismatic-Diffracted अवस्थाले हाम्रो समाज वा प्रशासनको
क्रमश अविकसित-विकासोन्मुख-विकास भएको अवस्थालाई जनाउँदछ ।
Post a Comment