उजेली बाह्र पुगर तेह्र लागि । यहि चैत बाट । नाम जस्तै उस्को मुहार उज्यालो छ । आँखाहरु ठूला-ठूला, चम्किला छन् । उस्ले बाह्रौँ बसन्त पार गरेसँगै आठ कक्षा पनि पास गरेकी छ । यो गाउँका केटी मान्छेका लागि आठ कक्षा भनेको उस्ले हासिल गर्न सक्ने सवैभन्दा ठूलो शैक्षिक उपाधी हो । किनकि गाउँको स्कुलमा आठ कक्षा भन्दा माथिको पढाइ हुँदैनथ्यो । त्यो भन्दा माथि पढ्न कि सहर जानु पर्थ्यो । नत्र बाँकी सिकाई जिन्दगीलेनै सिकाउँथ्यो ।
सागर । उ गाउँकै मुखियाको नाती हो । उजेलीसँगै उस्ले पनि आठ
कक्षा पास गरेको छ । केहि दिनमा अब उ पढ्नका लागि सहर जाँदै छ । उजेली र सागर खुव
मिल्ने साथीहरु हुन् । नाम जस्तै सागर फराकिलो मन भएको छ । उस्ले सानो-सानो
कुराहरु पनि उजेलीलाई सुनाउँछ । उजेलीले पनि मन भरीका कुराहरु सागर सामु पोख्ने
गर्छे ।
माथि डाँडोमा चउर छ । तल सम्मो ठाउँमा उनिहरुको गाउँ छ ।
उनिहरु बिदाको दिन च्याँग्रा चराउन माथि डाँडोमा जान्छन । डाँडा भरी अनेकन फूलहरु
फूल्छन । त्यहाँबाट टाढाटाढासम्म देख्न सकिन्छ । सूर्य उदाय देखि नअस्ताउँदासम्म देख्न सकिन्छ ।
फराकिलो निलो आकाश देख्न सकिन्छ । एउटा डाँडोबाट अर्को डाँडासम्मको चराहरुको उडान
देख्न सकिन्छ । पारी डाँडोमा रातै फूलेका सिमलका फूलहरु देख्न सकिन्छ । पारी
सल्लेरीमा हावाले सुशेलेको सुन्न सकिन्छ ।
डाँडोमा तेर्छो परेको ठूलो ढुङ्गा छ । उनिहरु पालैपालो चिप्लेटी
खेल्छन् । त्यसरी चिप्लेटी खेल्न पाउँदा उनिहरुका च्याँग्राको प्रवाह हुन्न, उनिहरुलाई
। डाँडोको एक छेउमा सानो सिमलको रुख छ । त्यो सिमल आउने असारमा दुई पुगेर तीन लाग्ने
छ । करिव तीन वर्ष पहिले उनिहरुले नै लागाएको बोट हो, त्यो सिमल । त्यसैले उनिहरुलाई
त्यो सिमलको ज्यादै मायाँ लाग्छ । कुनै चराहरु पारी-पारीबाट उडेर त्यै सिमलमा बस्न
आएको देख्दा रमाउँछन् । चराहरुको मीठो धुनमा लठ्ठीन्छन्, उनिहरु ।
एकदिन सागरले चिप्लेटी खेल्ने क्रममा अब आफू पढ्न सहर जान
लागेको कुरा सुनाउँछ । चिप्लेटी खेल्दै गरेकी उजेली भुईँमा थेँच्चिन्छे । उस्लाई
सागरको कुराले झस्काउँछ । सागर छेउमै आएर उठाउँछ । हात मुसार्न थाल्छ । उ आफ्नो
हात तान्छे । एकैछिनमा उस्को अनुहार अँध्यारो हुन्छ । फुरुङ्ग परेको आकाशमा
एकैछिनमा कालो बादल मडारिन लागेजस्तो लाग्छ । उस्लाई बिश्वास लाग्दैन । र प्रश्न
गर्छे । "कस्ले भन्यो तिमीलाई ?" सागर- "हजूरबुवाले भन्नु भएको ।" उजेली- "के तिमी जान्छौ त ?" सागर- "सहरमा रमाइलो हुन्छ रे । सहर गएपछि म ठूलो मान्छे बन्छु रे ।" उजेली- "यो गाउँ तिमीलाई मन पर्दैन ?" सागर- "मन त पर्छ, तर सहर यो भन्दा पनि रमाइलो छ रे
। त्यहाँको बाटोहरु फराकिलो हुन्छन् रे । मोटरहरु गुड्छन् रे ।" उजेली एकपछि अर्को पश्न थुपार्छे । सागर सहरको सपना
सुनाउँदै जान्छ । त्यत्तिकैमा आफ्ना च्याङ्ग्राहरु मकैबारीतर्फ कराई रहेको आवाज
आउँछ । दुवैजना मकैबारीतर्फ बत्तिन्छन्।
उजेली रातभरी निदाउनै सक्दिन । सागरको कुराले उस्लाई मन दुखाउँछ । सागर बिनाको यो गाउँमा
उस्लाई बस्न मन छैन । रातभरी कोल्टो फेर्छे, निदाउन सक्दिन । विहान मुख धोएर ।
चियाको कप लिएर घर छेउको थर्पुतर्फ लाग्छे । चियाको कप आफ्नो बाउको हातमा दिँदै
बाउसँग प्रश्न गर्छे । "बा! सहर रमाइलो हुन्छ हो ।" बाउले छोरीको प्रश्नलाई सामान्य लिँदै,- अँ भन्ने मात्र जवाफ फर्काउँछ । त्यसपछि उजेलीले
प्रश्न र प्रस्ताव एकैपटक बर्षाउँछे । "बा! म पनि सागरसँगै सहर पढ्न जान्छु
नि है ।" बाउ झस्किन्छ । एकछिन उजेलीको
प्रश्नले उस्को मनमा ढ्याँग्रो पिटिरहन्छ । उस्का हातहरुले भने हँसिया पिटिरहन्छन्
।
सागर गाउँकै हुने खाने उच्च वर्गको मुखियाको नाती हो ।
मुखियाको आगन त्यो गाउँको अदालत हो । सुरु फैसला पनि मुखिया हो । र अन्तिम
फैसलाकर्ता पनि मुखिया नै हो । मुखियाको निर्णयमा गाउँ भरीकाले सहमति जनाउनै पर्ने
हुन्छ । सागरको बाउ गाउँकै स्कुलमा पढाउँथ्यो रे । उसको बाउलाई साठी सालमा
माओवादीले गोली हानेर मारिदिएको रे । उजेलीको पारीवारीक स्तर निम्न थियो । उजेलीको
बाउले हँसिया पिटेर छोरीलाई सहरमा पढाउन सक्दैनथ्यो । छोरीलाई सम्झाउन उजेलीको
बाउले छोरीलाई गाउँको अनेकन बखान सुनाउने गर्थ्यो ।
एकदिन बिहानै गाउँमा मोटर देखा पर्यो । उजेली मोटर
देख्नासाथ ताग्लो नागेर कुदी । मोटर सागरको घरको गेट अगाडि गएर रोकियो । उ कुद्दै
सागरकै घरतर्फ लागि । मुखियाले घरभित्रबाट एउटा ठूलो झोला निकाले । सागरकी आमाले सागरलाई
निधारमा रातो टिका लगाइदिइन्, र गालामा चुम्वन गरीन् । सागर मोटरमा बस्यो । मोटर
गुड्न थाल्यो । सागरकी आमाले हात हल्लाइरहिन् । सागरले पनि पछाडि फर्केर हेरी
रह्यो । उजेली हात हल्लाउँदै मोटरको पछिपछि भागिरहि । मोटर अनेकौँ मोडहरु घुम्दै
डाँडाहरु छिचोल्दै गयो । उजेली माथि डाँडोमा चढेर हेरिरहि ।
उजेलीको मनमा कताकता चिसो पस्यो । डर लागेर आयो । मुटु
छिटोछिटो चल्न थाल्यो । अब फेरी सागरसँग भेट हुन्न कि जस्तो लाग्न थाल्यो । मैले
कति सजिलै जान दिएँ । उ फेरी आउने छैन । यो गाउँ सम्झेर । सहर रमाइलो छ । रमाइलोमा
उ हराउने छ । एकदिन भुल्नेछ मलाई उस्ले । मेरो मुटु यसै गरी दुखिरहने छ । मैले
खोजेर पनि भेट्टाउने छैन उस्लाई । यति ठूलो संसारमा । उजेलीको मनमा अनेकौँ कुराहरु
खेल्न थाले ।
वर्षहरु वित्दै गए । उजेली एक-एक वर्ष बढ्थी । उसका
च्याङ्ग्राहरुको संख्या हरेक वर्ष दोब्बर हुँदै जान्थे । उस्का जिम्मेवारीहरु
तेब्बर हुँदै जान्थे । खुसीहरु आधाआधा हुँदै जान्थे । सिमलको रुख हर्लक्क बढ्दै
जान्थ्यो । त्यो सिमलको रुखमा सागरप्रतिको माया फूलेर रात्तै हुन्थ्यो । उ त्यै फूल
हेरेर रमाउँथी । टिपेर भगवानलाई चढाउन सक्दिनथी । झरेको फूल भगवानलाई चढ्दैनथ्यो ।
सिमलको फूल भगवानले जाती मान्दैनथे । उस्का भावनाहरु सिमलको भुवासरी बत्तिन्थे,
दिशाहिन । उ सिमलको रुखलाई अंगालो हाल्न सक्दिनथी । अंगालो हाल्न खोजे घोँच्थे,
त्यसका काँडाहरुले । हाँगाहरु चारैतिर फैलिएका थिए । पानी पर्दा ओत लाग्न मिल्दैनथ्यो
। झन् पानीका ठूलाठूला थोपाहरुले हिर्काउँथे । मन भिजाउँथी । सिमलको छहारीमूनी
बसेर । तर मनको पीडा बगाउन सक्दैनथे । पानीका छिटाहरुले ।
Post a Comment