"छाता काण्ड"
Part-I

                 यसरि Tuition कक्षाबाट बाहिरिँदै गर्दापनि अझै पानी रोकिने कुनै संकेत थिएन एकनाशले परिनै रहेको थियो ! र बिस्तारै साँझपनि छिप्पिँदै थियो, पानी रोकिएपछि घर जाउँला भन्दाभन्दै रात नै तेहिँ बित्ने डरपनि थियो एकातिर ! दिउँसोको त्यो चमक्क गर्मी अनि अहिले यो झरि पर्ला भनेर कस्ले पो सोँच्नु ! यत्तिकैमा मुसुक्क हाँस्दै छाता उवारेर  फुत्त पानीमा गएर उ मलाई गिज्याउँदै भनि "आज यतै बस्ने बिचार छ कि क्या हो ?" म पनि फुत्त उसैको छातामा टाँसिँन जाँदै भनेँ "तिमी हुँदाहुँदै मलाई के को पिर नि !" यसरी हामी दुबैजना एउटै छाता ओडेर आउँदै गर्दा बेलाबेलामा छातामा मेरो टाउको ठोकिन्थ्यो, उ अल्ली नजीक आउन भन्दै मलाई आफुतिर तान्थी ! अझैपनि टाउको छातामा ठोकिने क्रम नरोकिएपछि छाता मेरै हातमा थमाउँदै लौ तिमीनै राख भन्दै उस्को टाउको मेरो कुमैमा ल्याई ! उ बेलाबेलामा पानीको धारा हातमा थाप्दै मेरो मुखमा छ्याप्प छ्याप्दिन्थी म भने छाता लिएर डौड्थेँ अनि उ पनि मेरो पछिपछि डौड्दै आएर मलाई च्याप्प समाउँथी !

यत्तिकैमा उ र म सधैँ छुट्टिने दोबाटो आइपुग्यो, हामीलाई जान दुई तिर थियो र छाता एउटामात्र ! छाता उसैको हातमा थमाउँदै "आखिर भिज्नुनै थियो त यो सब किन ? " मैले भनेँ ! "तिम्लाई के लाग्छ म रुज्न दिन्छुहोला ?" उस्ले भनि ! "के छ बिचार जान्छौ, कि लान्छौ ?" जिस्किँदै मैले भने ! "एकदिन उता त जानुनै छ आज लान्छु, जान्छौ ?" उस्ले प्रश्नमाथि प्रश्न तेर्साउँदै भनि ! उस्को घर तेहाँबाट नजीकै थियो, केहिबेरमै आईपनि हाल्यो ! तर म उस्कोमा जानेवाला भने कत्तिपनि थिईन, उस्ले जबरजस्ती गर्दै मलाई गेटभित्र तानी ! अब मेरो मुटुले थात छोड्न थाली सकेको थियो ! दुई ओँठको बिचमा चोर औँला ठाडो गराउँदै बिस्तारै ढोका खोल्दै उस्ले मलाई भित्रै आउने संकेत गरि ! अनि उस्ले आफ्नो कोठाको ढोका बिस्तारै खोली र मलाई हातमा च्याप्प समातेर भित्र तानी अनि ढ्याम्म ढोका लगाई !

Part- II

दिउँसो Tuition जाँदा खोलेका उस्का कपडा Bed भरि छरपस्ट थिए ! हत्तपत्त मैले नदेखेझैँ गरि एकएक गरि समातेर नजीकैको कुर्सिमा राख्दै आफुले लगाएकै आउटर खोलेर ढाकीहाली ! अनि मुसुक्क हाँस्दै मलाई के भयो बस न भन्दै थिई ! यत्तिकैमा सायद किचनबाट हुनुपर्छ "को हो ? एई! समीक्षा, समीक्षा" भन्ने आवाज आयो ! ऊ हत्त न पत्त हजुर, हजुर, मम्मी भन्दै डौडी हाली ! म एई सुन त भन्दै ढोका निर पुगेँ, ढोका बाहिरबाटै Lock गरिएको थियो ! एकातिर ढोका ढक्ढक्याउँ भने उस्को घरकोले थाहा पाउने डर थियो, र अर्कोतिर नढक्ढक्याउँ भने भित्रै बस्नुपर्ने बाध्यता ! वास्तवमा मपनि उस्को परिवारसँग भेट्न चाहन्थेँ ! यसरी उस्कै कोठामा कैद रहन चाहँदिनथेँ होला, तर त्यो मौका म बाट गुमीसकेको थियो ! अब उ नआन्जेल मौन बस्नुनै उपयुत्त बिकल्प थियो ! १५ मीनेट बितिसक्दा सम्मपनि उ आउने कुनै छाँटकाँट थिएन ! अनि गोजीबाट मोबाईल निकालेर उस्को नम्बर डायल गरेँ, अँगी उस्ले लुकाएका कपडा राखेकै ठाउँनिर उस्को फोन "टिङटिङ टिङटिङ" गर्दै बज्यो !

हो, म ठिक यस्तैगरि थुनिन चाहन्थेँ तर उस्को घरको कुनै बन्द  कोठामा हैन, उस्को मुटुको कोठामा ! केहि बेरपछि उ मेरै अँगाडि आएर कामुक मुस्कान छोड्दै ठम्म उभिई ! तेसरि उस्ले हेरिरहँदा मलाई अनौठो लाग्दै थियो ! उ नजिकै आएर मेरो सटको गला समातेर मलाई आफुतिर तानी ! मलाईभने उस्को परिवारले थाहा पालान् भन्ने डर लाग्दै थियो ! उ बिस्तारै बिरालाको नाक जस्तै चिसो ओँठ मेरो घाँटि वरिपरि लतार्दै थिई ! उ झन उग्र बन्दै थिई र म बाट बिस्तारै बिस्तारै डर भाग्दै थियो ! उस्का हात मेरो शरिरका बिभिन्न अँगमा सल्बलाउँदै थिए ! ठिक यस्तैगरि मेरा हातपनि उस्का छाती वरिपरि डौड्दै थिए ! यत्तिकैमा ढोका ढकढक गरेको आवाज आयो ! उ दराजको ऐनामा हेर्दै लटपट्टिएको लिपिष्टिक मिलाई अनि हत्तपत्त छरिएको आफ्नो कपाल मिलाउँदै को हो भन्दै ढोका निर पुगी ! "म के!" भन्ने जवाफ आयो बाहिर बाट सायद यो आवाज उस्को भाईको हुनुपर्छ ! मलाई दराज भित्र जान संकेत गर्दैथिई उ मैले नमानेपछि उ आफै आएर जबरजस्ती भित्र कोची ! सायद उस्को भाई स्कुलको Home work कपी लिएर केहि सोघ्न आएको हुनुपर्थ्यो, संवाद सुन्दा यस्तै लाग्थ्यो । र केहि छिनमै उ गई पनि हाल्यो !

Part- III

म केहि बेर पछि बाहना बनाई फर्कि हालेँ ! र यसै गरि हामीहरुबीचको भेटघाट बाक्लिन थालेको थियो ! उ मेरो मा आउँथी म उस्कोमा जान्थेँ ! उस्को घरको बफादार कुकुरलाई पनि म बिष्कुट दिँदै खुस्स गेटबाट छिर्दै गर्दै भ्रष्टाचार बनाई सकेको थिएँ ! अब उ मलाई देख्दा भुक्नपनि छाडिसकेको थियो ! तर हाम्रो बारेमा उनको मम्मी बुवालाई केहि पत्तै थिएन, उस्को भाईलेसम्म संकागर्ने ठाउँ पाएको थियो तर उ अझै सानै थियो ! 

यसै क्रममा हाम्रो Final Year को रुटिङ आयो ! रुटिङमा अप्ठ्यारो भनिएका बिषयहरुमा कम ग्याप भएकोले रुटिङप्रति साथिहरुको असन्तुष्टि थियो ! यद्यपि हामीहरु अर्को दिनदेखिनै पढाईमा जुट्ने सल्लाह गर्यौँ ! यो भन्दा उपयुत्त बिकल्पपनि थिएन हाम्रो सामु ! उसले अब एकैपटक परिक्षा सकिएपछि बोल्ने भन्दै च्याट बन्द गरेकि थिई !
म भने यस्सो पढ्न खोज्थेँ दिमागमा केहि घुस्दैनथ्यो अनि छिनछिनमै मोबाइल खोल्थेँ ! उस्को उपस्थीती फेसबुक, टुईटर, इन्स्टा कतै भेट्दिनथेँ ! मनमनै सोँच्थेँ कसरि सकेकि होला ? मलाई भने लत नै बनेको थियो ! थाहा थियो उस्ले मेसेजको रिप्लाई गरेकिछैन तेहिपनि घण्टाघण्टामा चेक गरिरहनु पर्ने बच्चाको डाईपर जस्तो ! अचम्म लाग्थियो लत उस्को थियो या फेसबुक टुईटर को छुट्याउन सकिन !

Part- IV

अन्तत: हाम्रो परिक्षा सकियो परिक्षा पनि राम्रै भएको थियो ! अर्कोदिन उस्लाई call गरेँ भेट्ने कुरा राखेँ तर उ भोलिनै मामाघर जान लागेको कुरा सुनाउँदै आफु म सँग भेट्न असमर्थ भएको कुरा जनाई ! मैले हुन्छ तनि भनेर आफुलाई हतार नभए जस्तो गरेँ ! करिब ३-४ दिनपछि उस्लाई एउटा सपिङ सेन्टरबाट उस्को मम्मी भाईसँगै बाहिर निस्किँदै गर्दा बसको झ्यालबाट छुस्स देखेँ ! गोजीको मोबाईल निकालेर  फोन हानेँ ! उस्ले सानो स्वरमा आफु मामाघरनै भएकोकुरा जनाई र छेउमै माईजुहरु भएको भन्दै लामो कुरा गर्न चाहिन र फोन उतैबाट काटि ! अँघि बसको झ्यालबाट देखेको दृश्य सम्झँदै आँखा मिचेँ ! उ मसँग कसरि झुट बोल्न सक्छे होला ? फेरि यसमा झुट बोल्नुपर्ने कारण के होला ? मनमनै प्रश्न गरेँ ! उस्लाई Messanger मा कैयौँ म्यासेज गरेँ ! म्यासेजहरु seen भए तर रिप्लाई आएन ! फोनपनि हत्तपत्त उठ्न छाडेको थियो उठिहाले सन्चो बिसन्चो बाहेक अरु कुरा हुन पाउँदैनथ्यो ! उ बाहना बनाई हाल्थी !

त्यस्को अर्कोदिन उस्को भाई स्कुलबाट फर्किँदै गर्दा बाटोमा भेटेँ र समिक्षाको बारेमा सबै सोधेँ ! उस्ले दिदि काठमाडौँमै भएको र अर्को हप्तानै दिदिको बिवाह हुन लागेको कुरा जनायो ! केटो उस्को बुवाको साथीको छोरा र उ बिदेशबाट केहिदिनको लागि आएकोले हतारमा यो सब कुरा हुन लागेको जस्तो आसय जनायो ! म रुमल्लीएँ आफैभित्र संसार अँध्यारो लाग्यो र सहरको कोलाहल बस्तिपनि शुन्य ! आफुलाई सम्हाल्न सकिन छेउमै रहेको फुटपातमा टुस्स बसेर सुँक्कसुँक्क गर्दै रुन थालेँ ! जिन्दगी ब्यार्थ लाग्न थाल्यो र प्रेम छलकपटको अर्को नाम ! उस्लाई कैयौँ म्यासेजगरेँ उ प्रतिको मायाँले बगाएर ल्याएका ठूलाठूला आक्रोशका चट्टानहरुको म्यासेजमै खोला बगाएँ तर अहँ उस्को मौनता तोड्न सकेन त्यो भेलले ! कैयौँ पटक फोन डायल गरेँ अब फोनपनि उठ्न छाडिसकेको थीयो ! भनेको भए म उस्को बाध्यता बुझ्न सक्थेँ होला ! समाधानको लागि केहि गर्थेँ होला ! तर उस्ले मलाई उस्को समस्या सुनाउनपनि लाएक नसम्झेकोमा दु:ख लाग्यो !

Part- V

रातभरि निन्द्रै लागेन ! समीक्षासँग बिताएका एकएक पल मेरो आँखाभरि घुमिरहे ! त्यो रात मेरो जिन्दगीको सबैभन्दा लामो रात थियो ! छट्पट्टिमै कतिबेला निदाएछु पत्तो पाईन ! अर्कोदिन केटाकेटी लिन आउने स्कुल बसको हर्नले बिउँझिएँ ! उठ्दा टाउको गर्हौँ भएको थियो ! जिऊ रातभरि कसैले कुटेझैँ थिलोथिलो जस्तो लाग्दै थियो ! अझै उस्का यादहरुले जोडजोडले चिमोट्दै थियो, त्यसैमाथि ! सधैँ बिहान उठेर तल पसलबाट एकपोका दुध लिएर जान्थेँ कोठामा ! त्यसदिन दुधलाई रक्सीले लत्याएको थियो, समीक्षाले मेरो मायाँलाई जस्तै ! 
दिनभरि कोठामै एक्लै रक्सी पिउँदै उप्रतिको मायाँ अल्कोहलले पखाल्न खोज्दै थिएँ ! दिउँसो २ बजेतिर एउटा नयाँ नम्बर बाट कल आयो उ आफु समीक्षाको साथी  भएको र उस्ले मलाई भेट्न चाहेको कुरा जनाई तर भेट के बारे हो भन्ने बिषय बस्तु केहि खुलाईन ! म भोलि भेटौँ भनेँ, तर उस्ले मलाई काम जरुरि भएको र आजै भेट्नुपर्ने कुरा जनाई ! समीक्षा र म सधैँ भेट्ने गरेको एउटा रेष्टुरेन्टको नामलिँदै बेलुका ५:३० बजेतिर भेट्न सक्ने कुरा राखेँ उस्ले मेरो प्रस्ताबमा सहमति जनाई !

म ऊ भन्दा पहिलेनै तेहाँ पुगिसकेको थिएँ ! करिब १५ मिनेटजति ढिलागरि उ आई र अनि तपाईँ हो बिशाल भन्दै सोधी ! मैले हजुर हो भनेपछि म अँगाडिको कुर्सिमा टुसुक्क बसि ! म के मगाउँ भने, उस्ले आफु हतारमा भएको भन्दै केहि नलिने जनाईँ तेहिपनि म काउन्टर तर्फ फर्केर २ वटा कफिको ईशारा गरेँ ! एक अर्काको सन्चो बिसन्चो सोध्यौँ ! अनि एकछिनमा उस्ले मलाई भेट्नुको कारणबारे सोधेँ उस्ले हातको कफिको कप टेबलमा राख्दै ब्यागबाट एउटा कार्ड निकालेर मलाई दिँदै यो समिक्षाले हजुरलाई दिन भनेकि भनि ! कार्ड हेरेँ, कार्ड अरु कसैको नभएर समिक्षाकै बिहेको थियो ! बिहेको कार्ड हेर्दै मैले प्रश्न गरेँ,-  "यो सब कसरि भयो ?"  उस्ले मेरो प्रश्नको जवाफमा आफुपनि यसबारे अनबिज्ञ भएको कुरा जनाई र उस्को उत्तरपनि समिक्षाको भाईको जस्तै थियो ! केटा NRN(Non Resident Nepali) भएको उ छुट्टिमा यता आएको र छुट्टि कम भएकोले यो सब हतारमा भएकोले यसबारे अलि छिटो आफुहरुले जानकारि गराउन नपाएको कुरा जनाई ! समीक्षाले मेरो मेसेजहरुको रिप्लाइ नगर्नुको कारण बारे उस्लाई सोधेँ यसबारे उस्ले आफुलाई केहि जानकारि नभएको र आफु हतारमा भएको भन्दै त्यहाँबाट गई हालि !


Part- VI

                       एकाएक रिस उठेर आयो एकैछिनमा उप्रतिको मायाँ आक्रोशमा बदलियो ! दिउँसोको नसा अझै उत्रेको थिएन ! एकाएक उसैको घरमा गएर उस्लाई गाली गर्न मनलाग्यो म सम्हालिन सकिन पाईलाहरु उसैको घरतिर लम्किए ! म तेहाँ पुग्दा घर सजावटको काम हुँदै थियो ! केहि मान्छे घरमा झिलिमिलि लाईट लगाउने काममा ब्यस्त देखिन्थे ! म घर भित्र पसेँ माथिको फ्लोरमा जान लागेको देखेर को हो भनेर कसैले सोध्दै थियो म आफु लाईट मिलाउन छतमा जानुपर्ने भयो भन्ने जवाफदिँदै सिँढि तर्फ उक्लिएँ ! उसको घर मलाई कुनै नौलो ठाउँ थिएन कुनाकुनासँग परिचित थिएँ म ! समीक्षाको कोठामा ढक्ढक्याएँ केहि छिनमा कोठा खोलियो म हत्तपत्त कोठामा छिरेर चुक्कुल लगाएँ, उ चिच्याउन खोज्दै थिई मुख हातले समाउँदै उसको आवाजलाई बन्द गरिदिएँ ! 
कोठामा उ एक्लै रैछे ! उस्ले बिशाल तिमीले रक्सि पिएको भन्दै सोधी "अँ पिएँ तिम्लाई मेरो के मतलब ! मायाँ म सँग बिहे अर्कैसँग के हो यो सब नाटक" भन्दै म जंगिएँ ! काँपेको स्वरमा उस्ले अझैपनि मायाँ  तिमीलाई गर्छु तर यो सब बुवाको निर्णय अनुसार हुन लागेको र बुवाको कुरा काट्न नसकेर आफु बिवश बन्न पुगेको जनाई ! मैले भागौँ म भगाउँछु तिमीलाई भन्दा उ वुवाको निर्णय बिपरित गएर उहाँको चित्त दुखाउन नसक्ने कुरा जनाई ! र कसैले देखे जेपनि हुन सक्ने भन्दै मलाई त्यहाँबाट निस्कि हाल्न हात जोडेर आग्रह गर्दै रुन थालि ! म उ डराएको देखेर निस्किपनि हालेँ !


                          उस्को बिहेको दिन बिहानै देखि म नसामा थिएँ ! एकाएक उस्लाई बेहुलिको भेषमा देख्ने रहर जागेर आयो ! कालो कोट, कालो पाईन्ट लगाएर आफ्नो पिडालाइ अँध्यारोमा लुकाएर लम्किएँ उसैको घर तर्फ ! बिहेको मञ्च झकिझकाउ बनाईएको थीयो ! बिहेको सम्पूर्ण तयारि पूरा भएको थियो ! कसैले नदेख्नेगरि एउटा कुनामा गएर टुस्स बसेँ ! बिहेमा खासै धेरै मान्छेहरुलाई बोलाईएको रैनछ ! जन्ति पक्षले दुलहि छिटो बाहिर निकाल्न आग्रह गर्दै थिए म पनि यसैको प्रतिक्षामा थिएँ ! 
एकैछिनमा मलाई एक्कासी Vomit आउला जस्तो भयो उस्को घर पछाडि गएर vomit गरेँ ! टाउको हलुङ्गो भयो, यताउति कसैले देख्योकि भनेर हेरेँ धन्य कोहि थिएन ! घरको पल्लो छेउमा समीक्षाको  बुवा र एउटामान्छे केहि कुरा गर्दै थिए, उनिहरुले सुईँको सम्म पाएनन् ! उनिहरु आफ्नै गफमा मस्त थिए !


Part-VII(अन्तिम भाग)


                            म लुकेर कुरा सुन्न खोजेँ कुरा सुन्दा त्यो मान्छे हुनेवाला बेहुलाको बाऊ जस्तो लाग्थ्यो ! दाईजोको बिषयमा उ क्याँस रकम आजनै उपलब्ध गराउनुपर्ने कुरा राख्दै थियो ! तर समीक्षाको बुवाले यत्रो रकम आफुसँग क्याँस नभएको र २-३ दिनमै बैँकिङ गरेर उपलब्ध गराउने कुरा राख्दै थिए ! तर उ आफ्नो एकोहोरो रटान गरिरहेकै थियो ! उ कड्किएको देखेर समीक्षाको बुवाले भन्नुभयो -" उस्का बाबुआमालाई व्दन्व्दकालमा बिद्रोहि पक्षले मारिदिएपछि आफुहरुलेनै उस्को पालन पोषण गरेर हुर्काएर पढाएको !"  र यो कुरा समीक्षालाई समेत थाहा नभएको जनाए ! यो कुरा थाहा पाउँदा ऊ झन् आक्रोशित भए जस्तो देखिन्थ्यो ! मलाई सपना जस्तै लाग्यो वास्तविकता थाहा पाउँदा ! तरपनि म केहि नसुने जस्तैगरि मण्डपतिर लागेँ !
 बेहुलिलाई मण्डपमा भर्खर लेइएको थियो ! साँच्चीनै समीक्षालाई यति राम्री मैले कहिल्यै देखेको थिएन ! उस्को सुन्दरता बेहुलिको भेषमा फक्रिएको गुलाव जस्तै देखिएको थियो ! केहि छिनमानै कोहि आफ्नो मान्छे पराईको हुनेवाला थियो सम्झिँदा मन चसक्क हुन्थ्यो !


                              बिहेको लगभग अरुसबै प्रक्रिया सकिएर अब सिन्दुर हाल्ने प्रक्रिया चल्दै थियो  एक्कासी दुलाहको बाऊ आएर यो बिवाह हुन नसक्ने भन्दै पण्डितलाई मन्त्र पड्न रोक्न लगाए ! मण्डपमा एक्कासी खैलाबैला मच्चीयो ! उस्ले यो केटी यस्को छोरिपनि नभएको र आफुहरुलाई झुक्याएर अनाथ केटीसँग फसाउन खोजिएको भन्दै यज्ञबाट दुलाहलाई उठायो ! दुलाह केटाले घाँटिको माला निकालेर होमगर्न बालिएको आगोमा हिर्काउँदै आफुहरुलाई फसाउन खोजेको भन्दै समीक्षालाई मनपरि बोल्दै थियो ! समीक्षाको मम्मी जसरि भएपनि बिवाह हुनदिन, बिवाह नरोक्न भन्दै दुलाहको बाउको पाउ समाउँदै हार गुहार गर्दै थिईन् ! समीक्षाको बुवा एक छेउमा बसेर रुँदै थिए ! मलाई साह्रै दु:ख लाग्यो ! समीक्षा भक्कानियर रुँदै थिई, मलाई यो दृष्य हेर्न निकै गाह्रो भैरहेको थियो ! दुलाहको बाऊ "हिँड जाउँ छोरा खुट्टा भए जुट्टा कतिकति" भन्दै छोरालाई तानेर छेउमै रहेको जन्ति लिएर आएको गाडि तर्फ लम्कियो ! 
समीक्षाको मम्मीले "अब मेरो छोरीसँग बिवाह कस्ले गर्ला" भन्दै ठूलो स्वरमा रुँदै थिईन् ! एक्कासी मेरो मुखबाट मैले गर्छु भन्ने आवाज निस्कियो ! सबै जनाले म भएतिर टाउको मोडेर हेरे ! मैले दोहोर्याएँ- "हो म गर्छु समीक्षासँग बिवाह पण्डित जी मन्त्र पड्नुस् !" भुईँमा मुर्छा परेकी समीक्षा हावाको बेगमा आएर मलाई अँगालो हालेर झन भक्कानिएर रुन थालि ! म पनि आफुलाई सम्हाल्न सकिन अनि त उ सँगसँगै रुन थालेँ ! मैले आँखाले केहि देख्न सकिन ! बिस्तारै कतैबाट ताली पिटेको आवाज आउँदैथियो र आवाज झनझन् बढ्दै थियो !

Post a Comment

Previous Post Next Post