१.
खुसिमा मात्रहैन दुखमानि हाँस्न आउँछकि आउँदैन !
डिस्को मात्रहैन दोहोरिमानि नाँच्न आउँछकि आउँदैन !
तिमीयता Pizza, momo अनि KFC मै हुर्केएकि,
गाउँमै आटोपिठो गरेर बाँच्न आउँछकि आउँदैन !
सहरिया केटी भन्लान गाउँको घरधन्दा नजान्दा,
पातपात जोडेर टपरि गाँस्न आउँछकि आउँदैन !
दुखमा आत्तिनु अनि खुसिमा मात्तिनु हुन्न भन्छन्,
थोपाथोपा खुसि भबिष्यलाई साँच्न आउँछकि आउँदैन !
२.
आफ्नै प्रतिबिम्वलेपनि आफैँलाई छल्छ एकदिन !
प्रतिक्षा गर सिस्नोमैपनि काँक्रो फल्छ एकदिन !
यहि एउटै जिन्दगी देखी यति धेरै हार मान्छौ किन,
संघर्ष गर पानीकै थोपालेपनि चट्टान गल्छ एकदिन !
कुकर्म छोडी सत्मार्गमा एकदुई पाइला त चाली हेर,
शुध्द मन हुनुपर्छ पानीमैपनि दियो जल्छ एकदिन !
मन मुटु सुम्पीई कसैलाई साँचो मायाँ गरेर त हेर,
बिश्वास गर भित्ताको त्यो तस्बीरपनि बल्छ एकदिन !

Post a Comment

Previous Post Next Post