यसरि एउटै सिटमा बसिरहँदा ऊ मलाई घुरिघुरि हेर्थी ! मानौँ कि बाहिर बस स्टेसनमा बसि रहँदा उस्ले मेरै फोटो कुनै पत्रीकाको वान्टेड लिस्टमा देखेकी हुनुपर्छ ! म सकेसम्म आफ्नो ध्यान अन्तै मोड्न चाहन्थेँ, तर उस्ले तेसरि एकोहोरो हेरिरहँदा मेरा आँखापनि उ भएतिरै डौड्थे ! जब उस्का आँखाको र मेरा आँखाको जम्का भेट हुन्थ्यो म टाउको अन्तै मोड्थेँ, मानौँ कि म उस्लाई हेरेकै छैन ! यसरि उस्ले पटकपटक हेरिरहँदा लाग्थ्यो त्यो झ्यालबाट देखिने सुन्दर प्रकृती भन्दा सुन्दरमान्छे उसैको छेउमा छ ! यत्तिकैमा उ गोजीबाट एउटा सेतो कलरको बटारिएको earphone निकाली र अनि कानमा लगाई ! उस्को त्यो चिपिस्सको कपाल फुकाउँदै निलो कलरको रबर निकालेर हातमा लगाई ! उस्ले तेसो गरिरहँदा मपनि आफ्नो earphone निकालेर कानमा नलगाई रहन सकिन !

उस्का नजर अझैपनि बारबार मैतिरै आएर ठोकिन्थे ! उस्ले यसरि हेरि रहँदा मलाईपनि नबोली रहन मन लाग्दैनथ्यो ! तर समय झनपछि झन जटिल बन्दैथियो ! उस्ले कानमा earphone लगाई रहेको देख्दा बिनाकाम बोलाई हाल्नपनि म सक्दैनथेँ ! बरु उस्लेनै बोलाउस् भन्ने हेतुले मैलेनै उ भएतिरको earphone कानबाट निकालेको थिएँ ! अब उत्सुकता उस्लाई भन्दा बढि मलाई लाग्न थालेको थियो ! मलाई उ प्रति भन्दाबढि उत्सुकता बेलाबेलामा उस्ले मलाई हेर्नूको रहस्यप्रती थियो ! बेलाबेलामा झ्यालबाट आउने हावाले उस्को कपाल फरफर उडाउँथ्यो र मैतिर ल्याउँथ्यो ! उस्को कपालको सुमधुर सुगन्धले भाबुक पार्दथ्यो ! अनि उ आफ्नो कपाल समातेर अर्कोतर्फ लग्थी ! र यसो गरि रहँदा ऊ झन राम्री लाग्दथ्यो मलाई ! उस्ले घाँटिमा सेतो टल्कने माला लगाईकि थिई, त्यो मालाको झुप्पमा अँग्रेजी अक्षरको "P" लेखिएको थियो ! अँ उस्को नामको सुरुको अंग्रेजी अक्षर "P" हुनुपर्छ मैले मनमनै सोँचेँ !

अब म उ सँग बोल्न चाहन्थेँ, बेलाबेलामा उ तिर हेर्थेँ र उ पनि मै तिर हेर्थी ! अनि म टाउको अन्तै घुमाउँथेँ ! बेलाबेलामा गोजीको मोबाईल निकालेर un lock pattern कोर्थेँ अनि लक गरेर फेरि गोजीमै राख्थेँ ! जसोतसो हिम्मतै गरेर बोलाउन खोज्दैथिएँ म, तर म भन्दा पहिलै उहि बोली ! "Excuse me म झर्ने ठाउँ आयो थोरै उता सर्दिनुहुन्थयो कि" भनेर ! उ सिटको माथि राखेको उस्को ब्याग निकाल्न खोज्दै थिई, उस्को उचाई नपुगेकोले सकिरा थिईन ! मैले उस्को ब्याग निकाल्दिएर ई लौ भन्दै दिएँ उ बदलामा Thanku भनेर गई ! उस्ले म तिर यसरि बारबार हेरिरहँदाको कौतुहलता मनमा अझैपनि थियो ! म रुपमा पनि तेस्तो हेरि रहने खालकोपनि थिईन ! तैपनि घरको ऐनाको बिश्वासै लागेन एक पटक गोजीबाट मोबाईल निकालेर front camera on गरेरै हेरेँ ! मेरो अनुहारको देब्रेपट्टि आफैँलाई चिन्न नसक्नेगरि कालो मसी लटपट्टिएको थियो !

Post a Comment

Previous Post Next Post