"तपाईँ
आयुष हो ?" म- हजुर भन्नुस । "तपाईँले कलेजको आइडी कार्ड हराउनु
भएको छ ?" एउटा कुमले कानमा फोन च्याँप्दै अर्को हातले पाईन्टको
खल्ति छाम्दै.. म- एकछिन ल, म हेर्छु । अँ...उम्... हराएको छैन त । किन होला ? "मैले तपाईँको नाउँको आइडी कार्ड
भेट्टाएकी छु र त्यसमा भएको नम्वरमा फोन गरेकी हजुरले उठाउनु भयो ।" म अचम्मित पर्दै प्रश्न गरेँ -"तपाईँले
कहाँ भेट्नु भएको कार्ड ?" उ- "
अफ्सफोर्ड कलेजको बसको पछाडिको सिट निर ।" उस्ले यसो भन्दै गर्दा उ निक्कै मिठो हाँसो हाँसी
। .... अनि हामी सँगसँगै हाँस्यौँ ।
" अनि
आफ्नो आइडी कार्ड लिन नआउने ?" उस्ले प्रश्न
गरी । म- लिन आउनु त
हुन्थ्यो । म त अहिले काठमाडौँ छु नि । उ- "हिहि...हि....
तिमी भन न म काठमाडौँ नै ल्याइदिउँला नि त ।" म- य हो, अहिले कता छौ ? "म अहिले
जहाँ भएनी भोलि बागबजारसम्म ल्याईदिए भएन तिम्लाई ।" निक्कै
चलाख हुँदै जवाफ फर्काई उस्ले । म - कति बेला ? उ- "विहान ९: ४५ ।" हस् … भन्दै
उस्को प्रस्तावमा मैले स्विकारोक्ति जनाएँ । "भोलि म
यहि नम्वरमा फोन गर्छु है त", भन्दै उस्ले फोन
राखी ।
मैले
चिनिहालेँ । यसरी मलाई फोन गर्ने उ आरुसी थिई । उ र म वुटवल अफ्सफोर्ड कलेजमा सँगै
+२ पढेका थियौँ । उ वायोलोजी ग्रुप अनि म फिजिक्स । उस्ले भेट्टाएको भनेको उक्त
कार्ड उस्ले कहिँ बसको सीटमा भेटेकी हैन । मैले नै जानीजानी आफ्नो आइडी कार्ड
उस्को ब्यागमा राखिदिएको थिएँ ।
कुरा
करिव एक वर्ष पहिलेको हो । एघार कक्षाको अन्तिम परिक्षा चलिरहेको थियो । उ र म
मणिग्राम बाट सँगै बस चर्थ्यौँ । तर बोलचाल यो भन्दा पहिले कहिल्यै भएको थिएन
। साथीहरु मलाई आरुसी भनेर जिस्क्याउँथे ।
जिस्क्याउँदा जिस्क्याउँदै मलाई उ मन पर्न
थालेछ, पत्तै पाईन । तर भन्न डर लाग्थ्यो । हामी दुवैले सँगै पढ्ने भएतापनि हाम्रो
कक्षा फरक थियो । खासै बोल्ने अवसर पनि मिल्दैनथ्यो । विना वाहाना मलाई बोल्न पनि
लाज लाग्थ्यो । त्यहि वाहाना जुराउन वरु मैलेनै आफ्नो आइडी कार्ड कसैले थाहा
नपाउने गरी खुसुक्क उस्को ब्यागमा राखिदिएको थिएँ ।
एघार
कक्षा पछि उस्ले बायोलोजी विषय लिई । मैले फिजिक्स । अनि त हाम्रो बस पनि फरक अनि
कलेज समय पनि फरक भयो । देखभेट नै हरायो । तर यसरी वर्षौँ पछि उस्ले फोन गर्ली
भनेर मैले कहिल्यै सोँचेको थिइन । यतिका लामो समय कार्ड भेट्टाएर पनि उस्ले किन
भनीन होला ? किन कहिल्यै बोलिन होला ? किन फोन गरिन
होला ? मेरो मनमा अनेक पश्न उठ्न थाले ।
कक्षा
बाह्रको परीक्षा दिए पछि घरमा वुवा, अंकल, दाई लगाएत सबैले अब तैँले इन्जिनियरिङ
पढ्नु पर्छ भन्नु भयो । के पढ्ने मेरो आफ्नो कुनै प्लान थिएन । मैले हस् भन्दै
टाउको हल्लाएँ । अर्को दिन म काठमाडौँ पुगेँ । वुवाले मलाई थापाथलीस्थित PEA
इन्सिच्युट् मा भर्ना गरिदिनु भयो । र डिल्लिबजार निर रहेको मनकामना व्वाईज
होस्टलमा बस्ने व्यवस्था मिलाएर अर्को दिननै उहाँ आफू बुटवल फर्कनु भयो । म काठमाडौँ
बस्न थालेको करिव २०-२५ दिन जति भएको थियो । आफूसँगै होस्टलमा बस्ने बाहेक अन्य
साथीहरु मैले बनाउन सकेको थिइन । काठमाडौँको ठाउँहरु पनि राम्रोसँग चिनेको थिइन ।
मेरो
विहान ९:३० मा पढाई सकिन्थ्यो । म होस्टल फर्किँदा बागबजार हुँदै
फर्किन्थेँ । भोलि आरुसीसँग भेट हुने भनेपछि मलाई छट्पट्टी भयो । खाना खानपनि मन
लागेन । मन एकाएक फुरुङ्ग भयो । भोलि कतिबेला हुने होला... मन आत्तियो । अनि झ्यास्स
ह्याँगर तिर आँखा डौडियो । साँच्चि भोलि के लगाएर जाने होला, आँखा टोलाए । अनि त
वुर्लुक्क पलङबाट उफ्रेर, पलङ मूनिबाट अहिलेसम्म नलगाएका नयाँ जुत्ता निकालेर
एकपटक लगाएर ट्राई मारेर हेरेँ ।
Post a Comment