१.
अचेल चिहानमाथि गुलाफ फुल्छ सपनीमा ।
अचेल आँशुले भिजेको मुटु जल्छ सपनीमा ।
कसम त नबोल्ने, नभेट्ने खायथ्यौ,
अचेल भित्ताको त्यो तिम्रो तस्बिर बोल्छ सपनीमा ।।
२.
अरु सबै मिल्थ्यो म गरिब ऊ
धनी भएर हो ।
उस्को मायाँ कम शंका
बढिगर्ने बानी भएर हो ।
कर्म नगरेकोपनि होईन दोष
कस्लाई लगाउँ,
ज्योतिष भन्छ मेरै
कुण्डलीमा शनी भएर हो ।।
३.
म झन् आफ्नै ठानेर बोल्छु
तर दाई भन्छिन उनी ।
मनको गाँठो खोलभन्छु बीचमै
पराई बन्छिन उनी ।
म उनको अघि संसारपनि
सांघुरो देख्छु,
अँह हुन्न तिमी पहाड म तराई
भन्छिन उनी ।।
४.
उनकै लागि पत्थर दिल कपास
बन्यो तर यो मायाँ हैन भन्छिन उनी ।
मुटुभित्रै चारकोठे आवाश
बन्यो तर यो पनि मायाँ हैन भन्छिन उनी ।
मायाँमै सर्बस्व गुमाएर उनीमै
संसार खोज्दा खोज्दै,
हिटलरपनि देवदाश बन्यो तर
अहँ यो पनि मायाँ हैन भन्छिन उनी ।।
५.
रक्सिमा पानी मिसाऊँ या
रक्सि पानीमा दोधारमा छु ।
तिमीमा जिन्दगी बिसाऊँ या
खरानीमा दोधारमा छु ।
आफ्ना भन्ने पराई बन्छन र
पराई आफ्ना चिन्नै गाह्रो,
आँशु तिमीमा खसाऊँ या
सिरानीमा दोधारमा छु ।।
Post a Comment