यो मतदाताले
आफ्ना उम्मेदवारलाई प्राथमिकताका आधारमा मतदान गर्ने पद्धती हो । तीन वा तीन भन्दा
बढी उम्मेदवार चुनीनुपर्ने अवस्थामा मात्र यो पद्धती लागु गर्न सकिन्छ । सर्वप्रथम
सन् १८५१ मा थोमस हेयरले "Election of the Representative"
पुस्तकमा यस निर्वाचन प्रणालीको बारेमा उल्लेख गरेको पाइन्छ । एकल संक्रमणीय मत
प्रणालीमा मतदाताहरुले निर्वाचित हुने सदस्यको संख्या अनुसार उम्मेदवारलाई क्रमशः
प्राथमिकताका आधारमा मत दिन्छन । यो प्रणाली वि.सं. २०४७ सालको संविधान पछि
माथिल्लो सदनको चुनावका लागि नेपालले अभ्यास गरिसकेको छ । हाल नेपालको राष्ट्रिय
सभाको निर्वाचनमा महिला र खुल्ला पदको निर्वाचन एकल संक्रमणीय प्रणालीका आधारमा हुने
व्यवस्था छ ।
उदाहरणका लागि ३ जना चयन
गर्नुपर्ने हो तर जम्मा उम्मेदवार संख्या ५(A,B,C,D,E) छ
भने उम्मेदवारहरुमध्ये ५ जनालाई नै मतदाताहरुले १,२,३,४,५ गरी प्राथमिकताका आधारमा
मत खसाल्छन । निर्वाचित हुनका लागि निश्चित मत संख्या अर्थात कोटा तोकिन्छ ।
त्यसका लागि तलको सुत्र प्रयोग गरिन्छ ।
माथिको उदाहरणमा यदि कुल सदर मत = २० भए र
निर्वाचित हुने सदस्य संख्या ३ हुँदा निर्वाचित हुन आवश्यक मत संख्या = ६ हुन
आउँछ । मानौँ मतदानको आँकडा निम्न बमोजिम थियो ।
मत संख्या
|
xxxx
|
xx
|
xxxxx xxx
|
xxxx
|
x
|
x
|
पहिलो प्राथमिकता
|
A
|
B
|
C
|
C
|
D
|
E
|
दोस्रो प्राथमिकता
|
A
|
D
|
E
|
यहाँ मानौँ, तेस्रो प्राथमिकतामा
मत दिने कोहि थिएनन् । यस्तो अवस्थामा उम्मेदवारको छनौट तपसिल बमोजिम हुन्छ ।
उम्मेदवार
|
A
|
B
|
C
|
D
|
E
|
कैफियत
|
प्रथम चरण
|
xxxx
|
xx
|
xxxxx xxxxx xx
|
x
|
x
|
यहाँ C ले १२ मत प्राप्त गरी
निर्वाचित भएको छ । आवश्यकता भन्दा बढी प्राप्त गरेको ६ मत दोस्रो प्राथमिकतामा
रहेको D मा सर्दछ ।
|
दोस्रो चरण |
xxxx |
xx |
निर्वाचित |
xxxxx |
xxx |
यहाँ दोस्रो प्राथमिकतामा रहेको D मा C
ले प्राप्त गरेको १२ मत मध्ये ८ मत गएको छ । त्यसैले (८/१२)*६=४ मत D ले प्राप्त गर्दछ र D को जम्मा मत ४+१=५
हुन्छ । त्यसैगरी E
मा C ले प्राप्त गरेको १२ मत
मध्ये ४ मत गएको छ । त्यसैले (४/१२)*६=२
मत E ले प्राप्त गर्दछ र E को जम्मा मत २+१=३ हुन्छ ।
|
तेस्रो चरण |
निर्वाचित
|
*
|
निर्वाचित
|
निर्वाचित
|
*
|
यहाँ B ले न्युन मत प्राप्त
गरेकोले उ विजयी हुने सम्भावना नभएकोले उसको मत दोस्रो प्राथमिकतामा रहेको A मा सर्दछ । र यसै गरी E को मत पनि न्युन भएकोले यहाँ D विजयी हुन पुग्दछ । यसरी तीन जना
उम्मेदवार A,C,D
विजयी
हुन्छन ।
|
कोटाभन्दा बढी मत प्राप्त गर्ने
उम्मेदवारको वा जित्ने सम्भावना नै नहुने गरि कम मत ल्याएका उम्मेदवारहरुको मत
दोस्रो प्राथमिकताको उम्मेदवारमा हस्तान्तरण हुन्छ । यसो गर्दा मत खेर जाँदैन ।
Post a Comment