तँ नराम्री छेस् । तेरो बोल्नेपनि राम्रो ढङ्ग छैन ...। तँ आफैँमा खुब घमन्ड गर्छेस् ।आफूलाई कलेजकै सबैभन्दा smart केटी सम्झन्छेस् है ...। तरपनि तँलाई भगवानले तेस्तो के बरदान दिएकाछन् ... खै थाहा भएन ।... मलाई तँ खुब मनपर्छ । थाहा भएन तँलाई अरुलेपनि मन पराउँछन् कि ... म मात्र हो ..यस्तो । मेरो कुरामा तँ खुब हास्छेस्, ... थाहा छ तँलाई ... ?  तँ हाँस्दा मलाई कति खुसि लाग्छ भनेर । तँलाई हँसाउनकै लागि म हावाहावा कुरा गर्छु, ... तर तँ त मलाई हावा भन्छेस् ...। अझ मेरो कुरामा कत्ति जिद्दी गर्छेस्,... मलाई नजिती तँलाई हुँदै हुँदैन है ... । म तेरो जितमा मेरो खुःशी देख्छु । अझ तँलाई अरुको प्रसंशा गर्न कहिल्यै आएन है,... मलाई खुब उडाउँछेस् । मेरो सानोसानो गल्ती खोजेर मसँग झगडा गर्छेस्,... तरपनि मलाई तँसँग झगडा गर्न पाउँदा ... आनन्द लाग्छ । तेरो मम्मीले भनेको... घरमापनि भाईसँग खुब् झगडा गर्छेस हैन ..। अनि बिहान अबेरसम्म सुतेर कलेज ढिला आउँथिस्, ... अनि "तेरो जाँबो कपी मैले खाईदिन्छु र ?  भोलिनै लैदिन्छु" भनेर महिनौँ राख्थिस् ।


अब त तँ कसैकी श्रीमती, कसैकी बुहारी अनि कसैकी देवरानी बन्दैछेस् । जन्म घर छोडेर टाढा जाँदैछेस्,... के गर्छेस.. छोरी भएर जन्मेपछि.. एकदिन अर्काको घरमा जानैपर्ने रैछ । मैले त बरु तँलाई गुमाएको हुँ,... तैँले त झन् आफ्नो दुनिया गुमाएर अर्कै ठाउँमा खुसी खोज्दैछेस् ...। मन नदुखा ... यो संसार को रित यस्तै छ । कथा लेख्ने अर्कैछन् ... हामी त त्यो कथाका पात्र नै त हुँ ..। कथाले जसोजसो भन्छ, उसैउसै नाच्नुपर्छ हामी । कर्मलाई दोष नदे ..। मन सानो नबना ..। पुराना कुरालाई भुल्दे ..। अँ मलाई नभुलेस् नि ...। सधैँभरि यस्तै रहेस्,.. सधैँ हाँसिखुशी रहेस् । बरु म तेरो लागि भगवानसँग ... खुशी मागुँला म। मैले तेरो चित्त धेरै दुखाएहुँला.., मिल्छभने माफ गर्दे ल ...।

Post a Comment

Previous Post Next Post