हालसम्म आइपुग्दा गुगल प्लेस्टोरमा २.८७ मिलियन भन्दा बढि एप्सहरु रहेका छन । स्मार्ट फोन प्रयोगकर्ताले यी एप्सहरुबाट आफूलाई कुन एप्स चाहिने हो र कुन एप्स उत्कृष्ट छ छान्न निक्कै गाह्रो पर्दछ । यी एप्सहरुमध्ये केहि निकै उपयोगी मानिएका तथा प्रयोग गर्न सहज एप्सहरु मैले यहाँ प्रस्तुत गरेको छु । यी एप्सहरु आफूले प्रयोग गर्दै आएको र मलाई उत्तम लागेको हुनाले यहाँ प्रस्तुत गरेको हुँ । यसमा कुनै पूर्वाग्रह नरहेको जानकारी गराउँदछु ।

#Messaging
१. WhatsAPP : यो एप प्लेस्टोरमा पहिलो पटक सन २०१० मा अपलोड गरीएको थियो । यो एप हालसम्म प्लेस्टोर बाट ५ विलियन भन्दा धेरै पटक डाउनलोड गरीएको छ । यो एक मेसेन्जिङ एप हो । यो एपमार्फत टेक्स्ट, फोटो भिडियो, डकुमेन्ट, भ्वाइस मेसेज सजिलै पठाउन र प्राप्त गर्न सकिन्छ । यसको ग्रुप च्याट फिचर्सले गर्दा विशेषत विद्यार्थी वर्गहरुमाझ यो एप लोकप्रिय छ । यो एपको विकल्पको रुपमा तपाईहरुले facebook- Messenger एप डाउलोड गर्न सक्नुहुन्छ । यी दुई एपका प्राय फिचर्सहरु साझा छन ।

#Photo Editing
२. Snapseed :  यो एप प्लेस्टोरमा पहिलो पटक सन २०१२ मा अपलोड गरीएको थियो । यो एप हालसम्म प्लेस्टोर बाट १०० मिलियन भन्दा धेरै पटक डाउनलोड गरीएको छ । यो एप बाट खिचिसकेको फोटोलाई इडिट गर्न सकिन्छ । यसमा रहेका विभिन्न फिल्टर तथा म्यानुअल इडिटले गर्दा यो एप फोटो पारखिहरुमाझ लोकप्रिय छ । यो एपमा इडिट गर्न सजिलो र फोटो सेभ गर्दा फोटोको रिजोलेसन घटबढ नहुनु यसको अर्को विशेषता हो । यो एपको विकल्पको रुपमा तपाईहरुले Adobe Lightroom एप डाउलोड गर्न सक्नुहुन्छ । यी दुई एपका प्राय फिचर्सहरु साझा छन ।

#Video Editing
३. KineMaster :  यो एप प्लेस्टोरमा पहिलो पटक सन २०१३ मा अपलोड गरीएको थियो । यो एप हालसम्म प्लेस्टोरबाट १०० मिलियन भन्दा धेरै पटक डाउनलोड गरीएको छ । यो एप बाट लाइभ भिडियो खिचेर वा खिचिसकेको भिडियो इडिट गर्न सकिन्छ । यसमा रहेका विभिन्न फिल्टर तथा विभिन्न म्यानुअल कन्ट्रोलले गर्दा भिडियो पारखिहरुमाझ लोकप्रिय छ । यो एपमा भिडियो स्पिड कन्ट्रोल, टेक्सट इन्सर्ट, भ्वाइस वा म्युजिक इन्सर्ट, लगाएत प्रमुख सबै फिचर्सहरु उपलब्ध छन । इडिट गरिसकेको भिडियो विभिन्न क्वालिटिमा सेभ गर्न सकिनु यसको अर्को विशेषता हो । केहि फिचरहरु थप गरेर यो एप प्रिमियम भर्सनमा पनि उपलब्ध छ । यो एपको विकल्पको रुपमा तपाईहरुले PowerDirector एप डाउलोड गर्न सक्नुहुन्छ । यी दुई एपका प्राय फिचर्सहरु साझा छन ।

#Scanner
४. Tiny Scanner :  यो एप प्लेस्टोरमा पहिलो पटक सन २०१५ मा अपलोड गरीएको थियो । यो एप हालसम्म प्लेस्टोरबाट १० मिलियन भन्दा धेरै पटक डाउनलोड गरीएको छ । यो एप बाट डकुमेन्टहरु मोवाइलको क्यामेरा मार्फत स्क्यान गरेर सजिलै PDF फर्म्याटमा सेभ गर्न सकिन्छ । यो एपमा स्क्यान गर्न सजिलो र PDF सेभ गर्दा विभिन्न क्वालिटिमा सेभ गर्न सकिनु यसको अर्को विशेषता हो । यो एप प्रो भर्सनमा पनि उपलब्ध छ । जसबाट अनलिमिटेड मात्रमा डकुमेन्ट अट्याच गर्न सकिन्छ । यो एपको विकल्पको रुपमा तपाईहरुले CamScanner एप डाउलोड गर्न सक्नुहुन्छ । यी दुई एपका प्राय फिचर्सहरु साझा छन ।

#Music
५. Musixmatch : यो एप प्लेस्टोरमा पहिलो पटक सन २०११ मा अपलोड गरीएको थियो । यो एप हालसम्म प्लेस्टोरबाट ५० मिलियन भन्दा धेरै पटक डाउनलोड गरीएको छ । यो एपबाट मोवाइलमा भएका गीतहरु हाइरीजोलेसन अडियो इफेक्टमा सुन्न सकिन्छ । यसमा गीतको लिरिक्स पनि गीतसँगसँगै आउने हुँदा प्रयोग कर्ताले सँगसँगै गीत पनि गाउन सक्छन । यस एपमा वजिरहेको अडियो बाट गीत सर्च गर्न सकिने, गीतहरुको लिरिक्स अपलोड गर्न सकिने लगाएतका फिचरहरु उपलब्ध छन । यो एप प्रिमियम भर्सनमा पनि उपलब्ध छ । जसबाट प्रयोगकर्ताले एडको झन्झट सामना गर्नु पर्दैन र लिरिक्स अफलाइन सेभ गर्न पनि सकिन्छ । यो एपको विकल्पको रुपमा तपाईहरुले SoundCloud एप डाउलोड गर्न सक्नुहुन्छ । यो एक अनलाइन प्रणालीमा आधारित एप हो ।

#Dictionary
. Merriam-Webster :  यो एप प्लेस्टोरमा पहिलो पटक सन २०११ मा अपलोड गरीएको थियो । यो एप हालसम्म प्लेस्टोरबाट १० मिलियन भन्दा धेरै पटक डाउनलोड गरीएको छ । यो एप बाट एकपटक अनलाइन माध्यममा कनेक्ट भएपछि अफलाइन पनि सञ्चालन गर्न सकिन्छ । यो एप अंग्रेजी शब्दार्थ खोज्न निकै उपयोगी रहन्छ । यो एपको विकल्पको रुपमा तपाईहरुले English Dictionary- Offline एप डाउलोड गर्न सक्नुहुन्छ । यी दुई एपका प्राय फिचर्सहरु साझा छन ।

#Key-Board
. Google Indic Keyboard :  यो एप प्लेस्टोरमा पहिलो पटक सन २०१३ मा अपलोड गरीएको थियो । यो एप हालसम्म प्लेस्टोरबाट १०० मिलियन भन्दा धेरै पटक डाउनलोड गरीएको छ । यो एप प्रयोग गर्न सजिलो र व्याक ग्राउण्डमा रन गर्ने तथा कुनै झन्झट व्यहोर्नु नपर्ने, ब्याट्रि न्यून कन्जुम गर्ने कारणले उत्कृष्ट छ । यसबाट अंग्रेजी, नेपाली, हिन्दि लगाएत विभिन्न भाषामा टाइप गर्न सकिन्छ । यो एपको विकल्पको रुपमा तपाईहरुले गुगलकै Gboard एप डाउलोड गर्न सक्नुहुन्छ । यी दुई एपका प्राय फिचर्सहरु साझा छन ।

#Digital Wallet
. eSewa :  यो एप प्लेस्टोरमा पहिलो पटक सन २०१२ मा अपलोड गरीएको थियो । यो एप हालसम्म प्लेस्टोरबाट १ मिलियन भन्दा धेरै पटक डाउनलोड गरीएको छ । यो एप प्रयोग गर्न सजिलो र अनलाइन रकम ट्रान्सफर, टपअप रिचार्ज, बस टिकट, प्लेन टिकट काट्न सकिने तथा घरमै बसी विजुली, खानेपानी लगाकएतको विल तिर्न सकिने सुविधा सहित उपलब्ध छ । यो नेपाली एप हो । यो एपको विकल्पको रुपमा तपाईहरुले IME Pay वा PrabhuPay एप डाउलोड गर्न सक्नुहुन्छ । यी एपका प्राय फिचर्सहरु साझा छन ।

#Fitness
. Home Workout :  यो एप प्लेस्टोरमा पहिलो पटक सन २०१७ मा अपलोड गरीएको थियो । यो एप हालसम्म प्लेस्टोरबाट १०० मिलियन भन्दा धेरै पटक डाउनलोड गरीएको छ । यो एप प्रयोग गर्न सजिलो र विना कुनै बाहिरी औजारको प्रयोग बिनानै घरमै बसी व्यायाम गर्न सकिने हुनाले लोकप्रिय छ । यसका विभिन्न फिचरहरुकै कारणले गर्दा यो एप इडिटर्स च्वाइसमा समावेश छ । यो एपको विकल्पको रुपमा तपाईहरुले 7 Minute Workout एप डाउलोड गर्न सक्नुहुन्छ । यी दुई एपका प्राय फिचर्सहरु साझा छन ।

#Games
१०. Elevate- Brain Training Games :  यो एप प्लेस्टोरमा पहिलो पटक सन २०१४ मा अपलोड गरीएको थियो । यो एप हालसम्म प्लेस्टोरबाट १० मिलियन भन्दा धेरै पटक डाउनलोड गरीएको छ । यो एक Brain Training Games हो । यसका विभिन्न फिचरहरुकै कारणले गर्दा यो एप इडिटर्स च्वाइसमा समावेश छ । यो एप प्रिमियम भर्सनमा पनि उपलब्ध छ । जसमा केहि फिचरहरु थप गरिएको छ । यो एपको विकल्पको रुपमा तपाईहरुले Roll the Ball- slide puzzle एप डाउलोड गर्न सक्नुहुन्छ ।

Post a Comment

Previous Post Next Post