परिचयः
पारिस्थितिकीय
प्रणालीलाई सन्तुलन राख्न चराहरुकोको भूमिका उल्लेखनिय रहने गर्दछ । साथै चराहरुले
रुख विरुवाहरुको विस्तृतीकरण, परागसेचन आदिमा सघाउ पुर्याउँछन । यस्तै कुनै-कुनै
प्रजातिका चराहरुले समय र मौसमको संकेतसमेत प्रदान गर्ने गर्दछन । जस्तो कोइली
चरीले विहानीको संकेत गर्दछ र काफल पाक्यो भन्दै कराउने चराले वसन्त यामको संकेत
गर्दछ । नेपालमा कुल ८८६ प्रजातिका चराहरु
पाइन्छन । नेपालमा पाइने चराहरुमा ढुकुर, परेवा, साँवरी, काग, गौँथली, फिस्टो,
जुरेली, सुगा, कोइली लगाएतका चराहरु मानव वस्ती वरपर सजिलै देख्न सकिन्छ । नेपालमा
यस्ता चराहरु जम्मा कति संख्यामा पाइन्छन यसको एकीन तथ्यांक छैन । यो संख्या घटबढ
भइरहन्छ । तथापी यो संख्या ४ करोडको हाराहारीमा हुनसक्छ ।
समस्याः
नेपालमा वर्षेनी
शिसाका झ्याल, ढोका लगाएतका संरचनाहरुमा ठोकिएर लाखौँ चराहरुको ज्यान जाने गर्दछ ।
बिशेषत ३० देखि ५० फिट उचाइका घर तथा भवनहरुमा लगाइएका शिसाहरु चराका लागि बढी
हानिकारक पाइएको छ । यसरी ठोकिएर मर्नेहरुमा ढुकुर, परेवा, साँवरी, गौँथली, जुरेली
प्रमुख छन । मानव निर्मित संरचनाहरुमा प्रयोग गरिने यस्ता शिसाहरु पारदर्शी तथा
अर्धपारदर्शी हुने गर्दछन । जुन चराहरुले शिसाको रुपमा छुट्याउन सक्दैनन ।
उडिरहेको चराले आफ्नो अगाडि भएको वस्तु वा संरचना हो या खुल्ला ठाउँ के हो
सम्वन्धमा तत्कालै थाहा पाएर निर्णय लिनुपर्ने हुन्छ । यो चराहरुको लागि निकै कथिन
कुरा हो ।
शिसाको मुख्य विशेषता परावर्तन वा आवर्तननै हो । शिसाको यस्तो परावर्तन वा आवर्तनकै कारण चराहरु शिसाका संरचनामा ठोकिन पुग्दछन । शिसाको परावर्तनको गुणले गर्दा शिसामा वाहिरि प्राकृतिक दृष्य वा आकाशीयको दृश्य देखिन पुग्दछ । त्यस्तै शिसाको आवर्तनको विशेषताले गर्दा संरचनाको भित्रि ठाउँ देखिने हुन्छ । जस्ले गर्दा उडिरहेका चराहरुले यसलाई खुल्ला ठाउँ सोच्ने गर्दछन र यस्तो संरचनामा ठोकिन पुग्दछन । वेगमा उडिरहेको चराले यसरी आफ्नो दिशा परिवर्तन गर्न उसलाई करिव ३० फिटको दुरी आवश्यक पर्दछ । यसरी ठोकिने चराहरुको टाउकोमा चोट पुग्ने र Brain injury का कारण तत्कालै मृत्यु हुन पुग्दछ ।

समाधानः
यसरी चराहरुलाई
शिसाको संरचनामा ठोकिनबाट जोगाउन शिसाहरुमा केहि त्यस्ता चराहरुले सजिलै देख्न
सक्ने संकेत वा धर्काहरुको प्रयोग गर्न सकिन्छ । यसका लागि "2
by 4" नियम प्रभावकारी मानिन्छ । यस नियमअनुसार शिसामा २-२ इन्चको
दुरीमा तेर्सा धर्का वा घेराहरु बनाउने र प्रत्येक ४-४ इन्चको फरकमा ठाडा धर्का वा
घेराहरु बनाउने गरिन्छ । यसरी बनाइने धर्का वा घेराहरु मानव आँखाले करिव ३० फिटको
दुरीबाट देख्न सकिने हुनुपर्दछ । जस्ले गर्दा चराहरुले टाढैबाट अगाडि थप उड्नको
लागि खुल्ला ठाउँ नरहेको थाहा पाहा पाउन पुग्दछन । जस्ले गर्दा उनिहरु ठोकिनबाट
जोगिन्छन ।
त्यस्तै अर्को उपाय मानव आँखाले देख्न नसक्ने परावैजनी किरणहरु चराहरुले सजिलै देख्न सक्दछन । यसकारण भवन निर्माणमा प्रयोगहुने काँच तथा शिसाका संरचना बनाउने उत्पादकहरुले नै शिसा तथा काँच उत्पादन गर्दा केहि त्यस्ता संरचना वा संकेतहरुको प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि माकुराले बनाउने जालो जस्ता केहि परावैजनी किरण परावर्तन गर्ने आकृतिहरु पनि बनाउन सकिन्छ । यस सन्दर्भमा जर्मनीमा उत्पादित ORNILUX Birds Protection Glass चराहरुलाई ठोकिन बाट जोगाउन केहि प्रभावकारी पाइएको छ ।
सुझावः

यसका साथसाथै वनजंगल
तथा संरक्षण क्षेत्र वरपर भवनहरु बनाउँदा संरचनाहरुमा काँच वा शिसाको प्रयोगलाई
न्यूनीकरण गर्न सकिन्छ । साथै झ्याल तथा ढोकाहरुमा प्रयोग गरिने शिसामा माथि
उल्लेख गरेअनुसारका उपायहरुपनि अवलम्वन गर्न सकिन्छ । अमेरीका, क्यानडा, जर्मनी
लागयतका मुलुकहरुले वन्यजन्तु संरक्षण क्षेत्र तथा वन जंगल वरपरका भवन तथा संरचना
निर्माण संहितामा यस विषयलाई समेट्ने गरेको पाइन्छ । नेपालको सन्दर्भमा
यसप्रति सरकारको खासै ध्यान पुगेको देखिँदैन । आगामी दिनहरुमा यस्ता नीति, नियम,
कार्यक्रम तथा भवन निर्माण संहिताहरुमा चरा संरक्षणको लागि बाधक बन्दै गएको
शिसाको प्रयोगलाई नियमन गर्नु वाञ्छनीय छ ।
Post a Comment