माया, ममता अनि आमा,
सायद
सङ्गै उत्पत्ति भएका शब्द हुनुपर्छ ।
आमा,
मेरा लागि निस्वार्थ पिडा सह्यौ ।
मेरा पिडामा आँसु पुछिदियौ ।
खुसीमा सँगै मुस्कुरायौ ।
सायद
सङ्गै उत्पत्ति भएका शब्द हुनुपर्छ ।
आमा,
मेरा लागि निस्वार्थ पिडा सह्यौ ।
मेरा पिडामा आँसु पुछिदियौ ।
खुसीमा सँगै मुस्कुरायौ ।
आमा
तिमी मेरा लागि सबथोक हौ ।
प्रेमको एक अटुट बगिरहने मुहान हौ ।
सधै फल लागिरहने वृक्ष हौ ।
मेरा लागि दुनियाँ अगाडि उभिदिने
अटल हिमाल हौ ।
मेरो मान, सान,
सबथोक हौ ।
मेरी आमा ।।
तिमी मेरा लागि सबथोक हौ ।
प्रेमको एक अटुट बगिरहने मुहान हौ ।
सधै फल लागिरहने वृक्ष हौ ।
मेरा लागि दुनियाँ अगाडि उभिदिने
अटल हिमाल हौ ।
मेरो मान, सान,
सबथोक हौ ।
मेरी आमा ।।
आमा म भन्दा खास केहि रहेन तिमीलाई
वेतमा एक महिना थाक्ने गुणि भैँसी
मलाई हुत्याएको निहुमा वेचिन पुग्यो ।
खर्यानका कैयौ बेलाउतीका रुख
म लोटेकै कारण काटिनु पर्यो ।
शायद,
म बिरामी हुँदाको पीडा बाढ्न मिल्दो हो त
हासी हासी सहिदिन्थ्यौ होला है ।
मेरी आमा ।।
आमा
तिमी त्यो व्याक्ति हौ ।
जसलाई मैले सबै भन्दा बढि सताए ।
अनि झुक्याए ।
निकै जिद्दी थिए है आमा म ।
अतिनै गरेपछि
तिमी थप्पड लगाउँथ्यौ मलाई ।
म यता चिच्याउथेँ ।
तिमी भित्र कोठामा गएर किन एक्लैएक्लै
सुँक्कसँक्क गर्थ्यौ हए आमा ।
आमा,
मैले SLC प्रथम श्रेणीमा पास गर्दा
को खुशी हुँदो हो तिमी जति ।
मलाई उच्च शिक्षा पढ्न
शहर पठाउँदा फेरि किनि रोयथ्यौ आमा ।
आमा छोरो शहरमा हरायो नभन्नु ।
एकदिन
मस्तै खुशीहरु लिएर फर्किने छ ।
घर तलको बाटो हेरिरहनु
आमा ।।
Post a Comment