मनमनै "आजपनि
मेरो ठाउँमा तेहि केटी बसिछे भन्या", भन्दै म छेउको
अर्को कुनातिर रहेको टेवलमा लगेर किताव पदारेँ । कीर्तिपुर सेन्टर लाइब्रेरीको
दक्षिण कुनामा राखिएको टेवल मेरो आफ्नै जस्तो लाग्थ्यो तर तेहि टेवलमा विगत एक
हप्तादेखि कसैले कब्जा जमाउदै आइरहेको थियो । यो मलाई पटक्कै चित्त बुझेको थिएन । अर्कोदिन
तेहि टेवलमा बस्न पाउने आशाले म सदाझैँ भन्दा केहि छिटो गएर बसेर आफ्नो मोबाइल
चलाइ रहेको थिएँ । एक्कासी आवाज आयो, ओ हिरो यो टेवल पढ्नेहरुको लागि राखिएको हो, मोबाइल
चलाउनेहरुको लागि होइन । एकछिन म अकमक्क परेँ केहि नसुनेझैँ गरेँ मेरो यस्तो क्रियाकलाप
देखेर भुईमा जोडजोडले खुट्टा पदार्थै अर्को छेउमा रहेको टेवलमा गएर ऊ थच्च बसी ।
तर उस्ले मलाई तेसो भनेकोमा कत्तिपनि मेरो चित्त दुखेन सायद उसले मलाई हिरो भनेर
सम्वोधन गरेकोमा पो होकी । अनि आफुले ल्याएको किताव पल्ट्याएर अध्ययन गर्न लाग्दै
गर्दा सेन्टर लाइब्रेरीमा एक्कासी मोबाइलको रिङटोन बज्यो मैले यताउता हेरेँ फोन
उसैको बजेको रै छ । मलाई पनि अवसर मिल्यो मैले भनेँ- "ओ हिरोनी
यो लाइब्रेरी हो आफ्नो मोबाइल साइलेन्ट मोडमा राखिसियोस ।" यसपालि
बेजवाफ हुने पालो उसैको थियो । त्यो दिन केहि काम नभएतापनि मैले त्यो टेवल सेन्टर
लाइब्रेरीको अन्तिम घण्टी नबजेसम्म छोडिन ।
अर्को दिन ऊ म
भन्दा केहि पहिल्यै पुगेर त्यो टेवलमा बसी सकेकी रहिछे । म केहि नबोलि चुपचाप गएर
अर्को छेउमै रहेको टेवलमा बसेँ । उस्ले विदेशी राइटरका मोटामोटा कितावहरु थुपारेर
कितावका पानाहरु यसरी पल्ट्याउँथी कि मानौँ ती कितावहरुको बीचमा पैसा लुकाएर जस्ले
भेट्यो उसैलाई त्यो पैसा भनिएकोहोस । म भने लाइब्रेरीमा कुन सजिलो, सानो किताव
भेटिन्छ भनेर खोज्थेँ । उसले ती कितावको बीचबीचबाट खै के धमाधम आफ्नो नोटमा सार्थी
। उसले यसो गरिरहँदा लामो समयदेखि उसैतीर हेरिरहेका मेरा आँखाहरुसँग बेलाबेला उस्का
आखाँहरुपनि जुध्न आइपुग्थे। उसका र मेरा आँखाको जम्काभेट हुनासाथ म भने उस्लाई
आफुले नहेरोको भान पार्न अन्तै हेरेझैँ गरी टाउको बतार्थेँ । केहिबेर नोट गरेपछि ऊ
आज निस्कीहाली । उ निस्केपछि म पनि किनपो बस्नुर निस्किन खोज्दै गर्दा ऊ बसेको
टेवलमा रहेको एउटा कपिनिर मेरा आँखा परे । टेवल निर पुगेर कपि हेरेँ
बायोकेमेष्ट्रिको उस्को प्राक्टिकल कपि रैछ । त्यो कपि अनुसार मास्टर प्रथम
समेष्टरमा ऊ Zoology अध्ययनरत रैछे । अनि उस्को नाम अस्मीता रैछ, अस्मीता
दाहाल । उस्को कपि पनि मेरो हातमा लिएर म निस्किहालेँ । लाईब्रेरी बाहिर मैले
उस्लाई कतै देखिन । अनि उस्को कपिपनि मेरो व्यागमा राखेर म कोठातर्फ लागेँ । त्यो
दिन उस्को कपि हेर्दैमा मलाई पुग्यो । दिमागमा एक्कासी आइडिया फुर्यो उस्को नाम
हानेर फेसवुकमा सर्च गरेँ । धरै रिजल्ट मेरो मोवाइलको स्क्रिनमा आए तर मैले
ठ्याक्कै खोजेको मान्छे पत्तो लगाउन सकिन । त्यो दिन मैले थाहा पाएँ, अस्मीता नाम
गरेका सबै केटीहरु राम्रा हुँदा रैछन ।
अर्कोदिन उस्को
कपिपनि मेरो ब्यागमै राखेर लागेँ क्याम्पसतिर ।
धेरै ठाउँ खोजेँ उस्लाई । उस्को डिपाटमेण्ट अगाडि, लाइब्रेरी सबैतिर तर
उस्लाई कतै देखिन । म भारी मन लिएर यसै फर्किएँ । त्यसको अर्कोदिन ऊ लाइब्रेरीमा
भेट्टिई । मैले उसको नामनै लिएर अस्मीता भन्दै बोलाएँ ऊ छक्कपरी । मेरो नाम
तपाईलाई कसरी थाहा भयो भन्दै उस्ले प्रश्न गरी । मैले पनि ब्यागबाट उस्को कपि
निकालेर दिँदै भने "यी यसरी" । उस्ले
हत्तपत्त कपि हातमा लिँदै यसरी सुम्सुम्याईकि मानौँ एउटी आमाले एक वर्षदेखि हराईरहेको
आफ्नो बच्चा भर्खरै भेटेकी थिइन । मैले थपेँ "अस्ती तिमीले
विर्सेर गएछौ, हिजो कपि दिन कति खोजे तिमीलाई तर कतै भेटीन ।" उस्ले
भनी- "हिजो म अब्सेण्ट थिएँ, Thank you anyway." अनी म
छेउमा रहेको अर्को टेवलमा गएर बसेँ । यसरी बसीरहँदा वेलावेलामा उस्का र मेरा आँखाको जम्काभेट हुन्थ्यो । उस्ले
लजाएझैँ गरी उस्को तल्लो ओठको दाइने छेउमा उस्का माथिल्ला दाँत गाड्थी । बेलाबेला
मेरो ध्यान उहि भएतिरै डौडिन्थ्यो तेहिपनि त्यो दिन ऊ कतिवेला निस्केर गइछे मैले
पत्तै पाइनछु ।
सदाझैँ अर्कोदिन
पनि म लाइब्रेरी छिरेँ । अचेल म पढ्न भन्दापनि उसैलाई हेर्न लाइब्रेरी छिर्ने
गरेको थिएँ । सधैँ हामीहरुबीच हापथाप हुने टेवलमा आज अर्कै मान्छे बिराजमान थियो ।
अनि म दोस्रो प्रायोरिटी तर्फ आँखा घुमाएँ तेहाँ अस्मीता थिई । वरपरका अरु कुनै
टेवल खाली थिएनन । अनि म उस्कै अगाडि रहेको कुर्सीमा गएर बसेँ । उस्ले भनी- "आज ढीलो
हुनुभएछ त" । मैले भनेँ- "छीटो आउनेहरुलेपनि
खै के जितेछन र ।" उ हाँस्दै भनी "धन्न यहि
भएपनि पाइयाछ भन्नु न।" अनि मैले यहि कुरैकुराको वाहानामा
उस्को फेसबुक आइडि माग्न चाहन्थेँ, सीधै फेसबुक आइडि देऊ भनेर भनिहाल्न नी मैले
सकिन । त्यसको लागि नी प्रक्रिया पुर्याउनु पर्ने मैले आवश्यक देखेँ अनी मैले
उस्को घर सोधेँ उस्को घर कोटेश्वर रैछ, पहाड घर चैँ हेटौडा । हाल अध्ययन Zoology प्रथम समेष्टर, ब्याचलर त्रिचन्द्र देखि
रैछ । मैले उस्को बारेमा यतिका सोध्दै गर्दा उस्ले भने मेरो नाम मात्रै सोधी ।
मैले जवाफ दिएँ- म विवेक पौडेल । अरु थप परिचय उसले सोधिनेपनि र मैले भन्न आवश्यक
ठानिन पनि । मेरो ब्याचलर बुटवल मल्टिपल क्याम्पस देखि
थियो, हाल CDC मा तेश्रो समेस्टरमा अध्ययनरत थिएँ । एकैछिनमा घरमा केहि विषेश
काम भएको भन्दै ऊ त्यो दिन तेहाँबाट निस्कीहाली ।
समय वित्दैजाँदा वस्तारै
विस्तारै हामीहरुबीच कुराकानी बाक्लिन थालेको थियो । मैले उस्को फेसबुक आइडि र फोन
नम्वर समेत पाइसकेको थिएँ । उम् अचेल हामी टेवलको लागि लड्न छाडेका थियौँ । दुवै
मिलेर एउटै टेवलमा वस्थ्यौँ । दिनमा लाइब्रेरीमा कुराहुन्थ्यो रातमा मेसेन्जर र
फोनमा । मलाई ऊ निक्कै मन पर्न थालेको थियो । हरेक बेला घरमा पनि उसकै बारेमा
सोचेर बसिरहन्थेँ । सम्झिन्न भन्दापनि म उसलाई नसम्झी रहन सक्दिनथेँ । बेलुका उसँग
नबोलेको दिन मलाई निद्रानै नलाग्ने भई सकेको थियो । कताकता केहि पाएको जस्तो आभास
हुन्थ्यो । विस्तारै उ मेरो आदत बन्दै थिई । उ भने के महसुश गर्थी खै थाहा भएन ।
कुरा गर्न चाहन्थी तर मायाको कुरा निकाले मेरो काम छ गएँ है, एकछिन ल तल मम्मिले
बोलाउनु भयो लगाएतका वाहना वनाउँथी ।
एकदिनको कुरा म
सातदोबाटो देखि बल्खुतर्फ जानको लागि बस कुरिरहेको थिएँ । एउटा डियोको रातो कलरको
स्कुटी मेरो नजिकै आएर टक्क रोकीयो । हेल्मेटको सिसा माथि सारेपछि मैले बल्ल चिनेँ
उ अस्मीता रैछे । उस्ले पश्न गरी कता हिँडेको ? मैले भनेँ हेरन
कीर्तिपुर जान बल्खुसम्म जाने गाडि कुरिरहेको एउटै गाडि खालि आ हैन । उस्ले भनि म
क्याम्पस हिडेको पछाडि बस म पुर्याइदिन्छु । उस्ले लगाएको पहेँलो कुर्ता र निलो कलरको
जिन्समा ऊ आज निक्कै राम्री देखिएकी थिई । त्यो दिन मलाई पहिलो पल्ट बाटोका
खाल्टाहरु प्यारो लागेर आयो । नेपाल सरकारले बाटोका खाल्टापुर्न ढिलाई गरेकोमा
कत्तिपनि सरकारप्रति रिस उठेन । मैले महशुस गर्ने अवसर पाएँ उस्को दिल साँच्चीकै
ठूलो रैछ । उस्ले मलाई कीर्तिपुर गेटसम्मै पुर्याइदिई । मैले मेरोमा जाउँ भने तर
उस्ले आफु हतारमा भएको प्रतिक्रिया दिई र फर्केर क्याम्पस तर्फ लागी । त्यो दिन म
निदाउन सकिन रातभरी उस्कै तस्वीर मेरा आँखा वरिपरी घुमीरह्यो ।
यस बीचमा हामीहरु
दुवैजना एकअर्कामा निकै नजिक भएका थियौँ । अचेल हामीहरु लाइब्रेरीमा भन्दा बेशी
वातावरण विज्ञान केन्द्रिय विभागको पछाडि तर्फ ज्यादा मिल्थ्यौँ । यसबीचमा मेरो
उस्का साथिहरुसँग पनि मित्रता भएको थियो । उसका साथिहरु मध्ये सबैभन्दा बढी ऊ
एलिशालाई रुचाउँथी । म पनि एलिशालाई राम्रोसँग चिन्ने अवसर पाएको थिएँ । एकछिन
खालि समय भयोकी उस्ले फोन लगाई हाल्थि म पनि तेसै गर्थेँ ।अनि हामीहरु सँगै कतै
बसेर गफगाफ गर्थ्यौँ । कीर्तिपुर डाँडोमा रहेको बाघ भैरव मन्दिर, चिलान्चो गुम्वा अनि
हाम्रो क्याम्पस देखि उत्तर-पश्चिममा पर्ने झोलुङ्गेपुल र दक्षीणमा पर्ने चोभार डाँडा
हाम्रो मनपर्ने ठाउँ बनेका थिए ।
हामी दुवैको
इन्टरनल इक्जाम नजिक आउन लागेको थियो । अचेल त्यसैलेपनि होला ऊ आफ्नो पढाइमा झन
बढी केन्द्रीत देखिन्थी । म पनि पढाइप्रति अलि सिरियस हुन खोज्थिएँ तर सक्दिनथेँ।
एकदिन हामीहरु वातावरण विज्ञान केन्द्रिय विभागको पछाडि तर्फ बसेर कुरा गरिरहेको
बेला उस्को साथी एलिशाले भनी अँ साँच्ची! भोली August-16 मेरो
बड्डे हो आउ ल भनेर मलाई Invite गरी । अनि अस्मीता तर्फ फर्किँदै दोहोर्याई
विवेकलाई पनि लिएर आइज ल । उक्तदिन काठमाडौँमा गाईजात्रा भएकोले काठमाडौँ
उपत्यकामा सार्वजनिक विदा थियो । तेसैपनि उस्ले अस्मीतालाई नै मलाई लिएर आउने
जिम्मा लगाईदिई सकेपछि मैले नगई सुख पाउने कुरै थिएन ।
अर्कोदिन अस्मीता
र म फिल्महेर्न जाने प्लान बनाएका थियौँ सोहि अनुसार अर्कोदिन हामी ठमेल स्थित
छाया सेन्टरमा फिल्म हेर्यौँ । फिल्म सकेपछि उसलाई सपिङ गर्नभनी हामीहरु न्यूरोड
तर्फ लाग्यौँ । उस्लाई मनपर्ने लुगा खोज्न न्यूरोड पूरै चाहार्यौँ । बल्लतल्ल एउटा
लुगामा उस्ले आँखा लगाई । केटीहरुलाई मन पर्दो लुगा भेट्टाउन साह्रै गाह्रो ।
उनीहरुको साथीले लगाएकोजस्तो लुगा लगाउनै नहुने रे । कसैले नलगाएको जस्तो डिजाइनको
लुगा लगाउनुपर्ने, फेरि जस्तोतस्तोमा आँखै नलगाउने । अझफेरी लुगा मन परे पैसा मन
नपर्ने पैसा अनुसारको लुगा मन नपर्ने । त्यो दिन ऊ बाट मैले एउटा कुरा सिकेँ । यदि
कपडाको डिजाइन, कलर सप्वै मन पर्यो तर त्यो खरिद गर्ने आफुसँग पैसा नपुगेर छोड्नु
पर्यो भने, ”साहुजी यहि डिजाइनमा फरक कलरको देखाउनुस त भन्ने यदी फरक
कलर निकालि हाल्यो भने यहि कलरमा फरक डिजाइनको देखाउनुस त भन्ने ।"
बल्लतल्ल उस्को सपिङ सकेर हामी कोटेश्वर स्थित उस्को घर तिर लाग्यौँ । हामीहरु
छिटो गरेर एलिशाको बड्डे पार्टीको लागि पनि जानु थियो । कोटेश्वर चोकमा मलाई एकैछिन
बस्न लगाएर घरमा सामान छोडेर आउँछु भनी ऊ आफ्नो घर तर्फ लागि । यहि मौका छोपी
छेउको चिया पसलमा गएर मैले चिया र चुरोट पिउने अवसर पाएँ । कति छिटो अघि भर्खर
किनेको लुगा लगाएर ऊ एकैछिनमा आइपो सकिछे । साच्चीकै त्यो कपडामा उस्लाई पुतली
जस्तै देखिएको थियो । पातलो जिऊमा टपक्क बसेको । उसको कम्मरको गोलाई अनी छातीको
उचाई म बाहिरै बाट अनुमान गर्न सक्थेँ ।
दिनभरी डुलेकोले
उक्तदिन ऊ र म निकै थकित थियौँ । बेलुकाको सात बजेतीर कोटेश्वर बाट ऊ र म कुमारी
पाटी तिर लाग्यौँ । कुमारी पाटी पुगेपछि
अस्मीताले एलिशालाई फोन लगाई एलिशाले हामीलाई कुमारी पाटी स्थित त्रिमुर्ति भवनको
सिधै छैठौँ तल्लामा आउन भनी। पाटी Ai-La Lounge and Restaurant मा रैछ ।
तेहाँ पुग्दा एलिशा र अरु साथीहरु आएर बसीसकेका थिए । यस्तो लाग्थ्यो सबै कुरा
तमतयार थियो अब हाम्रै कमी थियो । साथीहरुले अब छिटो गरौँ ढिला भएमा आफुहरुलाई घर
फर्किन गाह्रो हुने तर्क राख्दै थिए । मलाई पनि कीर्तिपुर फर्किनु थियो । मैलेपनि
थपेँ हुन्छ अब सुरु गरौँ । हामीहरु जम्माजम्मी 10 जना जम्मा भएका रहेछौँ । बड्डेको
केक काटीसकेपछि अस्मीताले जिस्काउँदै भनी- "केक मात्र त होइन
होलानि अब मगा'न केहि खानेकुरापनि तेरो बड्डेमा आउनु अनि भात खान घरै जानु
यस्तो त पक्कै हुन्नहोला ।" नभन्दै अडर पहिल्यै गरिसकिएको रहेछ क्यारे वेयटरले
Pizza, Momo, Chicken Chilly, French Fry लगाएत खानाका आइटम
ल्याएर हामीहरु भएको टेवल अगाडी राखे । अस्मीताले एलिशाको कुममा हिर्काउँदै भनी "यत्तिहो
जम्मा, खै ड्रिङ्गस आइटम नि मगान ।" अगाडिको मेनु
तानेर एलिशाले हेर्दै भनी "भन तँ के लिन्छेस ?" अस्मिलाले
भनी "म त जिस्केको तैँले त सिरियस्लि लिइस कि कसो ।" एकै
छिनको जिस्काइपछि केटीहरुले वाइन मगाउने भए । केटाहरुले के लिने भन्दै थिई एलिशा
भन्न नपाउँदै रोशनले मेनु आफुतिर तान्दै म तिर हेरेर भन्यो भन विवेक के लिने ? मैले भनेँ- "म
त
ड्रिङ्गस नलिने यार मलाई कीर्तिपुर पुग्नुछ ।" अस्मीताले थपी "ह्या! हल्का त
लिने हो म पुर्याइदिउँला तिमीलाई ।" हामी केटाहरु
जम्मा 3 जना थियौँ । फाइनल्ली हाम्रो लागि रोशनले Old Durbar Black Chimney
Half मगायो । म खासै
ड्रिङ्गस लिँदिनथेँ । हामी केटाहरुमा ड्रिङ्गस गर्ने अनि ड्रिङ्गसको नाम अनुसार
त्यसको बिषेशता थाहा भएको उहि रोशन त थियो एउटा । रोशन हामीहरुसँगै नपढेपनि उस्लाई
मैले राम्रोसँग चिनेको थिएँ । एलिशाले उस्को बारेमा हामीहरुसँग कुरा गरिरहन्थी ।
रोशनसँग पहिलो भेट मेरो हामीहरु LABIM Mall मा फिल्म हेर्न
जाँदा भएको थियो ।
एलिशाका साथीहरुसँग
मेरो राम्रोसँग परिचय नभएकोले सुरुमा मलाई घुलमिल हुन केहि गाह्रो भएको थियो । विस्तारै
हामीहरु परिचय गर्दै जाँदा प्राय सबै साथिहरु रमाइलो लागे मलाई । हामीहरु एकले
अर्कोलाई जिस्काउँदै खाजा अनि ड्रिङ्गस लियौँ । रोशन र एलिशाले हामी दुईलाई
जस्क्याउन केहि बाँकी राखेनन । अनि हामीहरु पनि रोशन लाई र एलिशालाई लिएर जिस्कायौँ
। कुरैकुराको सुरमा हामीहरुको लागि ल्याएको सब्बै खानेकुराहरु हामी सकेछौँ । हामी
सबैजनाले पुग्यो भन्दा भन्दै एलिशाले जति खाने हो आजै खाओ भोलिभोलि यस्तो अवसर
पाउँदैनौ भन्दै फेरी Chicken Chilly, French Fry र यहाँको बिषेश
हो भन्दै Aila Martini पनि मगाई । साढे दश बजिसक्यो, अब जाउँ ढिलो भयो भन्दै अरु
साथीहरुले गुनासो गर्न थाले । मगाएको सब्बै आइटम सकेर हामी बाहिर निस्किदा चकमन्न
अँध्यारो भएको थियो । बाटोमा गाडिहरुपनि छिटफुट मात्रामा मात्र गुडेका थिए ।
एलिशाको र रोशनको घर नजिकै थियो । अरु साथिहरु बानेश्वर तिर बस्थे उनीहरु
ट्याक्सीमा गए । म पनि ट्याक्सीमा जान्छु भन्दा अस्मीताले "ह्या! म
हुँदाहुँदै तिमी ट्याक्सीमा जानी यार" भनेर भन्न लागि
। रोशनलाई र एलिशालाई Bye भन्दै म अस्मीताको स्कुटीको पछाडि बसेँ ।
जावलाखेल नेपाल
टेलिकमको भवन अगाडीनिर पुग्दा अस्मीताले स्कुटी झण्डै लडाइने । अनि मैले स्कुटी
रोक्न लगाएर मैले चलाउँछु भनेँ अल्लि पर लगेर उसले स्कुटी रोकी । उस्ले वाइन सकेर
चाख्छु भन्दै मेरो गिलासबाट पनि पिउन भ्याएकी थिई । त्यसैले होला ऊ अलिक
कन्ट्रोलमा देखिँदैनथीई । एकान्तकुनानिर हुनसक्ने सम्भावित चेकिङ अभ्वाइड गर्न
मैले नख्खु निस्कने बाटो तर्फ स्कुटी मोडेँ । ऊ स्कुटीको पडाडि बसीरहँदा बेलाबेला
जोडले मेरो कुम समाउँथी । बेलाबेला चिमोट्थी । यस्तै गरी तिमीले मलाई भगाउने कहिले
होला भन्दै जिस्क्याउँथी । हामीहरु सानेपा आइपुग्दा एकछिन उस्ले स्कुटी रोक्न लगाई
। मैले स्टार हस्पिटल अगाडिनिर साइडमा लगेर स्कुटी रोकेँ । स्कुटीबाट उत्रेर आफ्नो
ब्यागबाट मोबाइल निकालेर दायाँ हातले मोबाइल समाउँदै, म तर्फ संकेत गरेर बायाँ
हातको चोर औँला आफ्ना दुई ओठको बीचमा ठाडोपार्दै उस्ले फोन रिसिभ गरी । उताबाट के
प्रश्न सोधिएको थियो थाहा भएन जवाफमा उस्ले भन्दै थिई- "मम्मी सुनिसियोस
न! पार्टीमा ढिलो भयो यति राती मलाई एक्लै घर फर्किन डर लाग्छ
आज म एलिशाकोमै बस्छु ल ।" उताबाट के जवाफ आयो मलाई थाहा भएन
। वुवालाई पनि भन्दिसियोस ल मम्मि भन्दै उस्ले फोन राखि । मैले जानिजानि कस्को फोन
भन्दै सोधेँ उस्ले म तिर फर्केर कामुक मुस्कान छर्दै जवाफ दिई "मम्मीको
।"
(यस कथाका
पात्र र शन्दर्भ काल्पनिक हुन कोहिकसैको वास्तविक जिवनसँग मेल खान गएमा संयोगको
रुपमा मात्र लिइदिनुहोला ।)
Post a Comment