१.१ ब्रम्हाण्ड सम्बन्धी जानकारी
१.१.१ सौर्यमण्डल : सूर्य, ग्रह, उपग्रह, शिशुग्रह, उल्का, धूमकेतु पुच्छ्रेताराहरू आदि ।
ब्रम्हाण्ड (Universe) :
v हामी र हाम्रो वरपर रहेका चराचर अस्तित्वहरूको समष्टी नै ब्रम्हाण्ड हो ।
v सृष्टिका समग्र भौतिक अस्तित्वहरू (जस्तै: पदार्थ, शक्ति आदि) एवं अभौतिक अस्तित्वहरू (जस्तै: चेतना, ज्ञान, ब्रम्ह आदि) सबै ब्रम्हाण्डको अवधारणामा समेटिन्छन् ।
v तारापुञ्ज (Galaxy), नीहारिका (Nebula), तारा वा नक्षत्र (Star), ग्रह (Planet), उपग्रह (­Satellite), शिशुग्रह (Asteroid), उल्का (Meteor), उल्कापिण्ड (Meteorite), धूमकेतु वा पुच्छ्रेतारा (Comet), प्लाज्मा (Plasma) तथा अन्तरिक्ष (Space) आदि सबै ब्रम्हाण्डका सदस्य हुन्।
v वैज्ञानिकहरूका अनुसार महाविष्फोट (Big Bang) बाट ब्रम्हाण्डको उत्पत्ती भएको हो, जसलाई Big Bang Theory भनिन्छ ।
v वैज्ञानिकहरूका अनुसार ब्रम्हाण्ड निरन्तर फैलिंदै गएको छ, जसले गर्दा यसमा रहेका पिण्डहरू क्रमश: एकअर्काबाट टाढा हुँदै गईरहेका छन् ।
तारापुञ्ज (Galaxy) :
v लाखौं करोडौं ताराहरू, धुलकण तथा ग्याँसीय पदार्थको अतिविशाल समूहलाई तारापुञ्ज भनिन्छ ।
v आकारको हिसाबले तारापुञ्जहरू कमानीदार (Spiral), अण्डाकार (Elliptical) र अनियमित (Irregular) गरी तीन प्रकारका हुन्छन् ।
v Galaxy पत्ता लगाउने वैज्ञानिक Edwin Hubble हुन् ।
v आकाशगंगा (Milky-Way) र एन्ड्रोमेडा (Andromeda) तारापुञ्ज स्पाईरल आकारका छन् ।
v वैज्ञानिकहरूका अनुसार अत्यन्त ठूला ग्याँसीय पिण्डहरू तथा अन्तरिक्षीय धुलकणहरू ठाँउठाँउमा गुरुत्वबलको कारणले गर्दा खुम्चिन जाँदा तारापुञ्जभित्र ताराहरूको जन्म भएको हो ।
v तारापुञ्जबाट आएका Visible Ray, Invisible Ray, Infrared Ray, Ultraviolet Ray, X-Ray, Gamma Ray, Radio Wave आदिको अध्ययनबाट वैज्ञानिकहरूले तारापुञ्ज, तारा आदिको दुरी तथा तत् सम्बन्धित अन्य तथ्यहरू पत्ता लगाउँछन् ।
v Milky-Way Galaxy मा करिब दुई खरब ताराहरू रहेको अनुमान छ ।
सौर्यमण्डल (Solar System) :
v सूर्य लगायत यसलाई केन्द्रमा राखी परिक्रमा गर्ने ग्रह, उपग्रह, शिशुग्रह, उल्का, उल्कापिण्ड, धूमकेतु, धुलकण, प्लाज्मा आदिको समग्र प्रणालीलाई सौर्यपरिवार (Solar System) भनिन्छ ।
v सौर्यपरिवारका सदस्यहरू सूर्यलाई केन्द्रमा राखी एउटै दिशा र प्राय: एउटै धरातलमा परिक्रमा गर्छन् ।
v सबै ग्रहहरूले सूर्यको वरिपरि परिक्रमा गर्छन् भन्ने सिद्धान्त सन् १५४२ मा निकोलस कोपर्निकसले प्रतिपादन गरेका हुन्, उनको यस सिद्धान्तलाई सूर्यकेन्द्रित सिद्धान्त (Heliocentric Theory) भनिन्छ ।
v सौर्यमण्डल (Solar System) आकाशगंगा तारापुञ्ज (Milky-Way Galaxy) मा रहेको छ ।
v सौर्यपरिवारको सबैभन्दा ठूलो पिण्ड सूर्य हो, Solar System को ९९.८६% भार सूर्यमा पर्दछ ।
v सौर्यमण्डलको कूल पिण्ड सूर्यको १.००१४ गुणा छ ।
v Solar System का सम्पूर्ण सदस्यहरूको संयुक्त पिण्डभन्दा सूर्यको पिण्ड ७४० गुणा बढी छ ।
v सौर्यपरिवार करिब ४.५६८ अर्ब वर्ष पुरानो मानिन्छ ।
v अन्तरिक्षको दूरी प्रकाशवर्ष (Light Year) मा मापन गरिन्छ ।
v प्रकाशले एक सेकेण्डमा ३,००,००० कि.मि. दूरी पार गर्दछ, यस हिसाबले प्रकाशले एक वर्षमा पार गर्ने दूरीलाई एक प्रकाशवर्ष भनिन्छ।
v १ प्रकाशवर्ष ‍= ९.४६×१०१२ कि.मि.
v तारापुञ्जको फैलावट एक हजार प्रकाशवर्षदेखि दसलाख प्रकाशवर्षसम्म हुन्छ ।
v Milky-Way Galaxy को फैलावट करिब १,००,००० प्रकाशवर्ष छ ।
v Milky-Way Galaxy Centre बाट Solar System को दूरी ३०,००० प्रकाशवर्ष छ ।
v सौर्यमण्डलबाट सबैभन्दा नजिकको तारा अल्फा सेन्टाउरी प्रणाली (α-Centauri System, 4.37 ly) हो
v अल्फा सेन्टाउरी A, अल्फा सेन्टाउरी B र अल्फा सेन्टाउरी C  (अथवा Proxima Centauri) मिलेर अल्फा सेन्टाउरी प्रणाली बनेको हुन्छ ।
v सौर्यमण्डलको ब्यास करिब १०.५ प्रकाशघण्टा छ ।
v सौर्यमण्डलभित्र अन्तरिक्षको दूरी A.U. (Astronomical Unit) मा मापन गरिन्छ (सापेक्षिकरूपमा सानो दूरीका कारण प्रकाशवर्षमा नाप्न कठिनाई हुने भएकोले)
v A.U. = सूर्य र पृथ्वीबीचको दूरी अर्थात १५,००,००,००० कि.मि. ।
सूर्य (Sun) :
v सूर्य एउटा मझौला आकारको तारा हो, पृथ्वीबाट नजिक भएको कारणले यो ठूलो देखिन्छ ।
v गुरूत्वाकर्षण बल (Gravitational Force) को कारणले Solar System का सबै सदस्यहरूले सूर्यको वरिपरि परिक्रमा गर्छन् ।
v सूर्यको औषत ब्यास करिब १३,९२,६८४ कि.मि. (पृथ्वीको तुलनामा १०९ गुणा बढी) छ ।
v सूर्यको पिण्ड करिब २×१०३० के.जी. (पृथ्वीको तुलनामा ३,३०,००० गुणा बढी) छ ।
v सूर्यको आयतन १.४१२×१०१८ घन कि.मि. (पृथ्वीको तुलनामा १३,००,००० गुणा बढी) छ ।
v सूर्यको सतहको औषत तापक्रम करिब ५५०० सेल्सियस तथा केन्द्रको तापक्रम करिब १,५७,००,००० सेल्सियस (करिब १०,००० फारेनहाईट तथा ३,५०,००,००० फारेनहाईट) रहेकोछ ।
v सूर्यको प्रकाश पृथ्वीमा आईपुग्न करिब ८ मिनेट २० सेकेण्ड (४९९.०१२ सेकेण्ड) लाग्दछ ।
v Visible Light, Infrared Ray, Ultraviolet Ray, X-Ray, Gamma Ray, Radio Wave लगायत अन्य Radiation हरूको Composition बाट सूर्यको प्रकाश बनेको हुन्छ ।
v सूर्यको सतहबाट चारैतिर करिब ५०० किलोमिटर प्रति सेकेण्डको वेगले Plasma को धार निस्किरहेको हुन्छ, जसलाई सौर्यबतास (Solar Wind) भनिन्छ ।
v पूर्णरूपले विद्युतचार्जयुक्त (Ionized) परमाणुको अवस्थामा रहेको पदार्थलाई Plasma भनिन्छ । पदार्थको चौथो अवस्था नै  Plasma हो।
v सूर्यको पिण्डको तीन चौथाई भाग Hydrogen ले ओगटेको छ भने बाँकी एक चौथाई भागमा Helium को मुख्य हिस्सा रहेको छ ।
v सूर्य लगायत कुनैपनि ताराको निरन्तर ताप र प्रकाश शक्तिको श्रोत भनेको त्यहाँ हुने Hydrogen-Helium Reaction अर्थात Thermo Nuclear Fusion हो ।
v सूर्य लगायत कुनैपनि ताराको आयु यसमा रहेको Hydrogen को परिमाणमा निर्भर गर्दछ ।

ग्रह (Planet) :
v सूर्यको वरिपरि परिक्रमा गर्ने र सूर्यको प्रकाशले गर्दा चम्किने खगोलीय पिण्डलाई ग्रह (Planet) भनिन्छ । (ग्रीक भाषामा Planet को अर्थ घुमन्ते हुन्छ)
v ग्रहहरूले सूर्यलाई दीर्घवृत्ताकार (Elliptical) बाटोमा परिक्रमा गर्दछन् जसलाई कक्ष (Orbit) भनिन्छ ।
v टेलिस्कोपको सहायताले हेर्दा ग्रहहरूले ताराहरूकोबीचमा स्थान परिवर्तन गरिरहेको देखिन्छ ।
v Solar System  मा आठवटा ग्रहहरू छन्, सूर्यदेखि बढ्दै गएको दूरीको आधारमा क्रमश: बुध (Mercury), शुक्र (Venus), पृथ्वी(Earth), मंगल(Mars), बृहस्पति (Jupiter), शनि (Saturn), अरूण (Uranus) बरूण (Neptune)
v पहिले नवौं ग्रह मानिएको यम (Pluto) लाई अन्तर्राष्ट्रिय खगोल विज्ञान संघले सन् २००६ (चेक गणतन्त्रमा भएको सम्मेलन) मा ग्रहको सूचीबाट हटाई फुच्चे ग्रह (Dwarf Planet) को मान्यता दिएकोछ ।
v हालसम्म पाँचवटा सौर्यमण्डलीय पिण्डहरू Ceres, Pluto, Haumea, Makemake Eris लाई Dwarf Planets को मान्यता दिईएकोछ ।  
v बढ्दै गएको आकारको आधारमा क्रम मिलाउँदा: बुध, मंगल, शुक्र, पृथ्वी, बरूण, अरूण, शनि र बृहस्पति। (MMVENUSJ)
v सूर्यको सबैभन्दा नजिक र सबैभन्दा टाढा साना ग्रहहरू छन् भने बीच भागमा मझौला र ठूला आकारका ग्रहहरू छन् ।
v बुध, शुक्र, पृथ्वी र मंगल लाई भित्री ग्रहहरू (Inner Planets) तथा बृहस्पति, शनि, अरूण र बरूणलाई बाहिरी ग्रहहरू (Outer Planets) भनिन्छ ।
v भित्री ग्रहहरूको सतहमा चट्टान र धातुको बाहुल्यता रहेकोले यिनीहरूलाई Terrestrial Planets पनि भनिन्छ।
v बाहिरी ग्रहहरू मध्येका बृहस्पति र शनिको सतहमा ग्याँस (mainly Hydrogen and Helium) को बाहुल्यता रहेकोले यिनीहरूलाई Gas Giants भनिन्छ ।
v सबैभन्दा बाहिरी ग्रहहरू अरूण र बरूणको सतहमा बरफयुक्त पदार्थ (mainly water, ammonia and methane) को बाहुल्यता रहेकोले यिनीहरूलाई Ice Giants  भनिन्छ।

बुध (Mercury) :
v ग्रहहरूमध्ये सबैभन्दा सानो तथा सूर्यबाट सबैभन्दा नजिकको ग्रह बुध हो ।
v बुधले ८७.९८ (करिब ८८) दिनमा एक पटक सूर्यको परिक्रमा गर्दछ ।
v बुधलाई Morning Star पनि भनिन्छ ।
v यसको उपग्रह छैन ।
शुक्र (Venus) :
v सूर्यबाट दूरीको हिसाबले शुक्र दोश्रो नजिक स्थानमा पर्दछ, आकारको हिसाबले यो छैटौं ठूलो ग्रह हो ।
v यो अर्धचन्द्रकार (Crescent) भएको अवस्थामा पृथ्वीको नजिक आउने भएकोले त्यति बेला सबैभन्दा चम्किलो देखिन्छ ।
v यसले २२४.७ दिनमा एक पटक सूर्यको परिक्रमा गर्दछ ।
v शुक्र ग्रहलाई Evening Star पनि भनिन्छ ।
v यसको पनि उपग्रह छैन ।
पृथ्वी (Earth) :
v सूर्यबाट दूरीको हिसाबले पृथ्वी तेश्रो नजिक स्थानमा पर्दछ, आकारको हिसाबले यो पाँचौं ठूलो ग्रह हो ।
v यसले ३६५.२५ दिन (३६५ दिन ५ घण्टा ४८ मिनेट ४६ सेकेण्ड) मा सूर्यलाई एक पटक परिक्रमा गर्दछ ।
v पृथ्वीले एक महिनामा ३० कोणिक दूरी पार गर्दछ । (एक वर्षमा ३६० अर्थात पूरा एक फन्को)
v चन्द्रमा पृथ्वीको उपग्रह हो ।
v पृथ्वीको सतहको दुई तिहाई खण्ड पानीले ओगटेकोछ ।
v हालसम्मको वैज्ञानिक खोजबाट पृथ्वीबाहेक अन्यत्र जीवन प्रणाली भेटिएको छैन ।
मंगल (Mars) :
v सूर्यबाट दूरीको ‍हिसाबले मंगल चौथो नजिक स्थानमा पर्दछ, आकारको हिसाबले यो सातौं ठूलो ग्रह हो ।
v यसले ६८६.९८ दिनमा एक पटक सूर्यलाई परिक्रमा गर्दछ ।
v यसका दुईवटा उपग्रहहरू छन् : डिमस (Deimos) र फोबस (Phobos)
v लिमोनाईट (Limonite) नामक फिक्का रातो रंगको खनिजयुक्त चट्टानको कारणले मंगल ग्रह रातो देखिन्छ, त्यसैले यसलाई Red Planet पनि भनिन्छ ।
v यसको एक तिहाई भागमा काला दागहरू देखिन्छन्, पानी नभएपनि यिनीहरूलाई मंगल ग्रहका समुद्र भनिन्छ ।
बृहस्पति (Jupiter) :
v सूर्यबाट दूरीको हिसाबले पाँचौं नजिक स्थानमा पर्ने बृहस्पति सबैभन्दा ठूलो ग्रह हो ।
v बृहस्पतिको पिण्ड बाँकी सबै ग्रहहरूको संयुक्त पिण्डको २.५ गुणा छ ।
v यसले १२ वर्षमा एक पटक सूर्यलाई परिक्रमा गर्दछ ।
v बृहस्पतिका हालसम्म ६७ वटा उपग्रहहरू  पत्ता लागेका छन् ।
v Ganymede, Callisto, IoEuropa बृहस्पतिका चार ठूला उपग्रह हुन् ।
v Ganymede सौर्यपरिवारकै सबैभन्दा ठूलो उपग्रह हो, यो बुध भन्दा पनि ठूलो छ ।
v बृहस्पतिको चारैतिर बाक्लो बादल भएकोले यसको सतहको आकृति स्पष्ट देखिंदैन ।
v वायुमण्डलीय तुफान (Hurricane) को कारणले यसको बादलमा करिब ४०,००० कि.मि. लम्बाई र ३२,००० कि.मि. चौडाई भएको रातो दाग (Red Spot) देखिन्छ ।
शनि (Saturn) :
v सूर्यबाट दूरीको हिसाबले छैटौं नजिक स्थानमा पर्ने शनि सौर्यमण्डलको दोश्रो ठूलो ग्रह हो ।
v यसले २९.५ वर्षमा एक पटक सूर्यलाई परिक्रमा गर्दछ ।
v शनिका हालसम्म ६२ वटा उपग्रहहरू पत्ता लागेका छन् ।
v Titan Enceladus यसका मुख्य ठूला उपग्रहहरू हुन्
v Titan सौर्यपरिवारको दोश्रो ठूलो उपग्रह हो र यो पनि बुधभन्दा ठूलो छ ।
v Titan को वायुमण्डल पनि छ जसमा मुख्य हिस्सा नाइट्रोजनको रहेको छ ।
v शनि ग्रह बरफ र चट्टानका टुक्राहरूबाट बनेका चेप्टा आकारका तीनवटा चक्काहरू (Rings) ले घेरिएको छ ।
v शनिको अक्ष (Axis) यसको कक्षीय धरातल (Orbital Plane) सँग २७ को कोण बनाएर ढल्केको हुनाले शनिको सबै ठाँउमा दिन र रात बराबर हुँदैन ।
अरूण (Uranus) :
v अरूण सूर्यबाट दूरीको हिसाबले सातौं स्थानमा पर्दछ, यो तेश्रो ठूलो ग्रह हो ।
v यसले ८४ वर्षमा एक पटक सूर्यलाई परिक्रमा गर्दछ ।
v अरूणका हालसम्म २७ वटा उपग्रह पत्ता लागेका छन् ।
v Titania, Oberon, Umbriel, Ariel Miranda यसका प्रमुख ठूला उपग्रहहरू हुन् ।
बरूण (Neptune) :
v बरूण सौर्यमण्डलको सबैभन्दा टाढाको ग्रह हो ।
v यो आकारको हिसाबले चौथो ठूलो ग्रह हो ।
v यसले १६४ वर्षमा एक पटक सूर्यलाई परिक्रमा गर्दछ ।
v बरूणका हालसम्म १३ वटा उपग्रहहरू पत्ता लागेका छन् जसमध्ये Triton सबैभन्दा ठूलो हो ।
उपग्रह (Satellite) :
v ग्रहलाई परिक्रमा गर्ने खगोलीय पिण्डलाई उपग्रह भनिन्छ ।
v सौर्यपरिवारका ८ वटा ग्रहहरूमध्ये बुध र शुक्रका मात्र उपग्रह छैनन् ।
v हालसम्म १७२ वटा उपग्रहहरू पत्ता लागेका छन् ।
v चन्द्रमा पृथ्वीको उपग्रह हो, यसको ब्यास करिब ३,४५६ कि.मि. छ ।
v चन्द्रमा सौर्यमण्डलको पाँचौं ठूलो उपग्रह हो ।
v पृथ्वीबाट चन्द्रमाको औषत दूरी ३,८२,४०० कि.मि. छ ।
v चन्द्रमाले पृथ्वीलाई पूरा एक फन्को मार्न २७ दिन (२७ दिन ७ घण्टा ४३ मिनेट ११ सेकेण्ड) लगाउँछ, यो अवधिलाई नक्षत्रमास वा भगण पूर्तिकाल (Sidereal Month ) भनिन्छ ।
v एक औंसीदेखि अर्को औंसीसम्मको अवधि २९ दिन (२९ दिन १२ घण्टा ४४ मिनेट ३ सेकेण्ड ) लाई चन्द्रमास (Synodic Month) भनिन्छ ।
v चन्द्रमाको वायुमण्डल छैन ।
v चन्द्रमाको गुरूत्व पृथ्वीको गुरूत्वको  गुणा छ ।
v चन्द्रमाको सतहमा देखिने ढिस्काहरूलाई Lunar Mountains र खाडलहरूलाई  Craters भनिन्छ ।
शिशुग्रह (Asteroid) :
v सूर्यको वरिपरि परिक्रमा गर्ने, निश्चित ज्यामितीय आकार नभएका एवं स-साना खगोलीय पिण्डहरूलाई शिशुग्रह भनिन्छ ।
v मंगल र बृहस्पतिको कक्षको बीचमा असंख्य शिशुग्रहहरूको कक्ष पर्दछ, यसले नै भित्री र बाहिरी ग्रहहरूलाई छुट्टयाउँछ ।
v  वैज्ञानिकहरूका अनुसार सौर्यमण्डलको निर्माणको क्रममा बृहस्पतिको गुरूत्वाकर्षण अबरोधको कारणले शिशुग्रहहरूको अस्तित्व रहन गएको हो ।
v Ceres, Vesta, Hygiea केही शिशुग्रहहरू हुन् ।
v Ceres सबैभन्दा ठूलो शिशुग्रह हो, यो गोलाकार छ, ब्यास करिब ८०० कि.मि. छ र यसलाई Dwarf Planet पनि मानिएको छ ।
v मुख्यता चट्टान, धातुजन्य खनिज र बरफबाट शिशुग्रह बनेका हुन्छन् ।
पुच्छ्रेतारा धूमकेतु (Comet) :
v सूर्यको वरिपरि परिक्रमा गर्ने ग्याँसीय बरफका डल्ला (Coma) हरू नै धूमकेतु हुन् ।
v सूर्यको नजिकबाट गुज्रँदा सौर्यबतासको कारणले बाफिएर विपरित दिशातिर लामो पुच्छर देखा पर्छ, त्यसैले यसलाई पुच्छ्रेतारा भनिएको हो ।
v कहिलेकाहीं सफा आकाशमा देखिने उज्यालो टाउको भएका कुचो आकारका चहकिला वस्तु नै धूमकेतु हुन्।
v केही वर्षको अन्तरालमा सूर्योदयभन्दा केहीअघि पूर्वी आकाशमा र सूर्यास्तभन्दा केहीपछि पश्चिम आकाशमा धूमकेतुहरू देखिन्छन् ।

उल्का र उल्कापिण्ड (Meteor and Meteorite) :
v अन्तरिक्षमा घुम्दै गरेका स-साना आकाशीय पिण्डहरू जब पृथ्वीको गुरूत्वक्षेत्रमा प्रवेश गर्छन् तब पृथ्वीतिर जोडले तानिन्छन् । यसक्रममा वायुमण्डलमा घर्षण उत्पन्न हुन्छ र तिनीहरू त्यहीं  बाफिएर या जलेर नष्ट हुन्छन्, यिनीहरू नै उल्का हुन् ।
v राती सफा आकाशमा तारा खसे जस्तो देखिने दृश्य नै उल्कापात ( Shooting Star/Falling Star) हो ।
v धेरैजसो उल्काहरू वायुमण्डलको ७ देखी १२० कि.मि. को उचाईमा जलेर नष्ट हुन्छन्, त्यतीखेर यिनीहरूको वेग ७० कि.मि. प्रतिसेकेण्डसम्म पुग्न सक्छ ।
v पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवहरूको नजिक उल्कापात बढी हुनेगर्छ, यसबेला उल्कावर्षा (Meteors Shower) देखिन्छ ।
v कुनैकुनै उल्काहरू यति ठूला हुन्छन् कि वायुमण्डलमा जल्ने क्रममा तिनीहरूको बाँकी पिण्ड पृथ्वीको सतहसम्म पनि आईपुग्छ, यसलाई उल्कापिण्ड भनिन्छ ।
v करिब ५०,००० वर्षअघि अमेरिकाको एरिजोनामा खसेको उल्कापिण्डलाई हालसम्मकै ठूलो मानिन्छ । यसबाट बनेको १२७५ मिटर चौडा र १७५ मिटर गहिरो खाडल आजसम्म पनि देख्न सकिन्छ ।
v उल्कापिण्डहरू ढुंगाजस्ता (Stony), फलामजस्ता (Iron) र मिश्रीत (Stony Iron) गरी तीन प्रकारका हुन्छन् ।
v पृथ्वीमा भेटिएका मेटियोराईटहरू १०० ग्रामदेखि २०,००० किलोग्रामसम्मका छन् ।
v मेटियोराईटहरूको अध्ययनबाट वैज्ञानिकहरूले ग्रहलगायत अन्य आकाशीय पिण्डहरूको बनावटबारे महत्वपूर्ण तथ्यहरू पत्ता लगाएका छन् ।
तारा (Star) :
v आफ्नै प्रकाशको सहायताले चम्किने खगोलीय पिण्डलाई तारा वा नक्षत्र (Star) भनिन्छ । जस्तै: सूर्य, सेन्टाउरी, पल्सर आदि ।
v निश्चित ज्यामितीय आकारमा देखिने ताराहरूको समूहलाई तारामण्डल (Constellation) भनिन्छ । जस्तै : Leo, Pisces, Taurus, Ursa Major, Ursa Minor आदि ।
v ब्रम्हाण्डमा ८८ वटा तारामण्डलहरू रहेका छन् ।
v पल्सर नामक तारामा ३ वटा ग्रहहरू र ग्लेसे २२९ नामक तारामा बृहस्पतिभन्दा ४० गुणा ठूलो ग्रह रहेको तथ्य पत्ता लागेको छ ।
v तारामा रहेको हाइड्रोजनको कारणले हुने Nuclear Fusion बाट प्रशस्त मात्रामा ताप र प्रकाश शक्ति निस्कन्छ ।
v हाइड्रोजनको परिमाण घट्दै गएपछि ताराहरू जीवनको अन्त्यतिर आईपुग्छन् ।
v प्रकाशको वर्णपट (Spectrum of Light) को आधारमा [ VIBGYOR (Violet, Blue, Green, Yellow, Orange, Red) ] ताराहरूको उमेरबारे अध्ययन गर्ने गरिन्छ ।
v जीवनको शुरूवाततिर ताराको प्रकाशको रंग बैजनी हुन्छ, त्यसपछि क्रमश: नीलो हुँदै  अन्त्यतिर रातो हुन्छ ।
v नीलो ताराको सतहको तापक्रम करिब २४,०००सेन्टिग्रेड हुन्छ  भने पहेंलो तारा (जस्तै: सूर्य) को सतहको तापक्रम करिब ५,५०० सेन्टिग्रेड हुन्छ ।
v सूर्य जत्रो या सोभन्दा सानो आकारको तारामा हाइड्रोजन कम हुँदै गएपछि (वृद्धावस्थामा) तारा खुम्चिन थाल्छ, खुम्चिने चाप (Contraction Pressure) को कारणले केन्द्रमा उच्च दबाब श्रृजना भई तारा बिष्फोट हुन्छ  र सतह विस्तारित हुन गई विशाल रातो तारा (Red Giants) बन्दछ ।
v वृद्धाबस्थाको ताराबाट Red Giant बन्ने यो विष्फोटनलाई Nova Explosion भनिन्छ ।
v Red Giant बनेपछि तारा स्थीर (Stable) बन्न गयो भने यस्तो अवस्थामा तारा सेतो र सानो देखिन्छ जसलाई सेतो बाम (White Dwarf) भनिन्छ ।
v यदि तारा सूर्यभन्दा तीन गुणासम्म ठूलो आकारको छ भने विष्फोटनबाट सुपर नोभाहरू (Super Novae) बन्दछन् । त्यस्तो अवस्थाको विष्फोटनलाई  Super Nova Explosion भनिन्छ ।
v Super Nova Explosion पछि बाँकी रहेको पिण्ड सूर्यको तीन गुणा भन्दा कम छ भने यस्तो अवस्थामा तारा अत्यन्त सानो भई  Neutron Star बन्दछ ।
v Super Nova Explosion पछि शेष रहेको पिण्ड सूर्यको तीन गुणा भन्दा ठूलो हुन गएमा सम्पूर्ण पिण्ड केन्द्रमा खाँदिई (Sudden Gravitational Collapse) सानो आकारमा सीमित हुन्छ, यसलाई नै कालो छिद्र (Black Hole) भनिन्छ ।
v Black Hole को गुरूत्वाकर्षण शक्ति यति उच्च हुन्छ कि त्यसबाट प्रकाश पनि उम्कन पाउँदैन ।

चन्द्रमाको कला (Phases of Moon) :
v पृथ्वीबाट प्रत्येक दिन चन्द्रमाको फरकफरक उज्यालो भाग देखिने प्रक्रियालाई चन्द्रमाको कला भनिन्छ ।
v चन्द्रमा लगभग गोलाकार (Spherical) भएकाले यसको आधा भाग सूर्यको प्रकाशको कारणले उज्यालो र अर्को आधा भाग अँध्यारो हुन्छ ।
v सूर्य र पृथ्वीकोबीचमा चन्द्रमा परेको बेला जब चन्द्रमाको अँध्यारो आधा भाग पृथ्वीतिर परेको हुन्छ त्यसलाई औंसी (New Moon) भनिन्छ ।
v सूर्य र चन्द्रमाकोबीचमा पृथ्वी परेको बेला जब चन्द्रमाको उज्यालो आधा भाग पृथ्वीतिर परेको हुन्छ त्यसलाई पूर्णिमा (Full Moon) भनिन्छ ।
v औंसीको दुई दिनपछि हँसिया आकारको चन्द्रमा (Crescent) सूर्यास्तपछि पश्चिमी आकाशमा देखिन्छ ।
v हँसिया आकारको चन्द्रमा (Crescent) को उज्यालोबाट चन्द्रमाको कला शुरू हुन्छ ।
v चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने अवधि (Revolution) र चन्द्रमाको अक्षभ्रमण अवधि (Rotation) एउटै भएकोले पृथ्वीबाट चन्द्रमालाई हेर्दा जहिले पनि एउटै भागमात्र देखिन्छ ।
ग्रहण (Eclipse) :
v श्रोतबाट आईरहेको प्रकाश कुनै अबरोधले छेक्दा पर्दामा छायाँ पर्ने प्रक्रिया नै ग्रहण हो ।
v जुन ठाउँमा प्रकाश पूर्णरूपले छेकिन्छ त्यो ठाउँमा सघन छायाँ (Umbra) र जुन ठाउँमा प्रकाश आंशिकरूपले छेकिन्छ त्यो ठाउँमा विरल छायाँ (Penumbra) बन्दछ ।
v सूर्य, पृथ्वी र चन्द्रमा एउटै सीधा रेखामा परेको बेला सूर्यको प्रकाश पृथ्वीले छेक्दा चन्द्रमामा छायाँ बन्न जानुलाई चन्द्रग्रहण (Lunar Eclipse) भनिन्छ ।
v सूर्य, चन्द्रमा र पृथ्वी एउटै सीधा रेखामा परेको बेलामा सूर्यको प्रकाश चन्द्रमाले छेक्दा पृथ्वीमा छायाँ बन्न जानुलाई सूर्यग्रहण (Solar Eclipse) भनिन्छ ।
v चन्द्रग्रहण पूर्णिमामा र सूर्यग्रहण औंसीमा लाग्दछ ।
v पृथ्वी र चन्द्रमाका कक्षीय धरातलहरू (Orbital Planes) एउटै समतलमा नभै ५.५ को कोण बनाएर ढल्केर रहेका छन् ।
v आपसी ढल्काईको कारणले पृथ्वीको कक्षीय धरातललाई चन्द्रमाको कक्षले दुई विन्दुहरूमा काट्दछ जुन विन्दुहरूलाई राहु र केतु (Lines of Nodes : Ascending & Descending Nodes) भनिन्छ ।
v चन्द्रमा राहु या केतु विन्दुमा अवस्थित भएको बेलामा सूर्य, पृथ्वी र चन्द्रमा एउटै सीधा रेखामा पर्दछन् र ग्रहण लाग्दछ ।
v पूर्णिमा या औंसीको दिनमा चन्द्रमा राहु केतु विन्दुमा पर्न आउँछ ।
v तर सबै पूर्णिमा या सबै औंसीको दिनमा चन्द्रमा राहु केतुमा पर्न आउँदैन  (मतलव सूर्य, पृथ्वी र चन्द्रमा एउटै सरल रेखामा पर्दैनन् ), त्यसैले सबै पूर्णिमा औंसीमा ग्रहण लाग्दैन ।
v सबै पूर्णिमा औंसीमा ग्रहण नलाग्नुको मूल कारण पृथ्वी र चन्द्रमाका कक्षीय धरातलहरूको ५.५ मा रहेको आपसी ढल्काई नै हो ।
v सम्पूर्ण भाग ढाक्ने ग्रहणलाई खग्रास ग्रहण (Total Eclipse) र आंशिक भाग ढाक्ने ग्रहणलाई खण्डग्रास ग्रहण (Partial Eclipse) भनिन्छ ।
v सघन छायाँ परेको ठाउँबाट खग्रास र विरल छायाँ परेको ठाउँबाट खण्डग्रास ग्रहण देखिन्छ ।
v कहिलेकांही सूर्यग्रहण लाग्दा पृथ्वी र चन्द्रमाबीचको दूरी बढ्न गई सूर्यको बीच भागको मात्र प्रकाश छेकिने (किनारातर्फको भाग उज्यालो रिंग जस्तो देखिने) हुँदा यस्तो स्थितिमा वलयग्रहण (Annular Eclipse) लाग्दछ ।
v सूर्यग्रहण लाग्दा पहिले सूर्यको पश्चिम दिशाको भाग ढाकिन्छ भने चन्द्रग्रहण लाग्दा पहिले चन्द्रमाको पूर्व दिशाको भाग ढाकिन्छ ।
v खग्रास सूर्यग्रहण बढीमा ८ मिनेटसम्म, खण्डग्रास सूर्यग्रहण बढीमा ४ घण्टासम्म र चन्द्रग्रहण बढीमा ४ घण्टासम्म कायम रहन्छ ।
समाप्त

Post a Comment

Previous Post Next Post