१.
सम्बन्ध रहिनरहला, तर माया त टाढिदा झन बढ्ने रैछ !

२.
मृत्यु अघि एकपटक तिम्रो मन जित्नु छ !

३.
युद्ध अघि हातमा गाण्डिप लिएर अर्जुन कुरुक्षेत्रमा
जति भ्रममा थिए, म पनि हातमा मुटु लिएर तिम्रो सामु तेत्तिकै अवस्थामा छु !

४.
भन्छौ रे तिम्रो लागि म कोहि हैन, वास्तवमा तिमी विना म केहि हैन !

५.
म सधै तिम्रै वरिपरी हुन्छु ! समस्या नपरी तिमी सम्झिँदैनौ त, दिउसोमा तारा नदेख्नु तिम्रो कमजोरी हो !
६.
मलाई पुन: फेरि फर्केर त्यहि ठाउँमा जानु छैन, बाटो बिर्सेहुँला तर पश्चाताप छैन !

७.
चोरेर पास परीक्षा गर्यौ होला, सम्वन्ध नितान्त फरक बिषय हो ! यहाँ केहि नजान्ने पास हुन्छन, धेरै जान्ने र चोर्नेहरु अझैपनि पासहुन प्रयासरत छन !

८.
रहनदेऊ ! म आधा छु ! भावनाहरुमा बग्छु, छचल्किन्छु, पोखिन्छु ! तर रित्तिँदिन ! नआऊ तिमी, म भरिन तिमी रित्तिनु पर्छ !!

९.
अचम्मको अदालत छ उस्को ! मुद्दापनि ऊ आफै उठाउँछे, फैसलापनि ऊ आफैले गर्छे !

१०.
तिमीलाई प्रेम चाहिएको हो भने बिद्रोह हैन, प्रेमनै लिएर आऊ !

Post a Comment

Previous Post Next Post