१.
कहिलेकाहीँ त जीवन पनि बेकार लाग्छ।
सिरियामा जब लासहरुको बजार लाग्छ।
२.
परिवारलाई साहुको जिम्मा लगाएर
ऊ भने सरकार पाल्न कतार लाग्छ।
३.
अचम्म नमान्नुस हाम्रो मित्रतालाई देखेर
उसलाई रमजान भन्दा बढी तिहार लाग्छ।
४.
म युद्धबाट सकुशल नै फर्कन चाहान्छु
आमालाई त्यो नै ठुलो उपहार लाग्छ।
५.
मलाई एउटै प्रश्नले बारम्बार सताइरहन्छ
अर्काकी हिरा तर आफ्नी किन अँगार लाग्छ?

-संयोग भट्टराई
(स्याङ्जा)


१.
जब तिनै यादहरु सुनामी बनी आइदियो।

उसले प्रेमिका विर्सन आफैलाई जलाइदियो।


२.
भगवानको चित्र बनाउ भनियो उसलाई

तर आफ्नै आमा-बुवा पो बनाइदियो।


३.
भुकम्पले पनि हार मानेको शालिक थियो

चुपचाप सरकार आयो अनि ढलाइदियाे।


४.
छोराले बुहारी भित्र्याएको दिनदेखि नै

आमाको विस्तारा पिढींमा पुर्याइदियो।


५.
आफै सोच्नुस बेहुलीको के हाल भयो होला?

जब सुहागरातमा बेहुला आफै लजाइदियो।

-संयोग भट्टराई
(स्याङ्जा)

Post a Comment

Previous Post Next Post