चुनाव आउँछ अनि तपाइ हाम्रा पाटी आउँछ। 
त्यसपछि त रेल,जहाजहरु नानाथरी आउँछ।

पछि आओस् त त्यहि चीजले खुशी ल्याउँछ,
बर्बाद हुन्छ जब विहेअघि वाकवाकी आउँछ। 

हिजोआज शान्ति सुरक्षाका कार्यक्रम तिरै 
खुलेआम अतिथि बनेर बलत्कारी आउँछ। 

आमा सोच्दिहुन् छोराले धेरै सम्झियो आज 
सोचिनन् पानी नपुग्दा पनि बाडुल्की आउँछ। 

आयु घट्छ कि बढ्छ, के हुन्छ होला कुन्नि 
जब आँफु मरेको, आफैलाई सपनी आउँछ ।
-संयोग भट्टराई
(चापाकोट, स्याङ्जा)

Post a Comment

Previous Post Next Post