जमिन उता पठाएर कहिलेसम्म पुग्ला?

नक्सा मात्र बचाएर कहिलेसम्म पुग्ला?


तिमि मेरी हुदै होइनौ भन्ने बुझ्दा पनि

दिलमा तिमि सजाएर कहिलेसम्म पुग्ला?


एक्लो छु,एक्ली छौ, यति जान्दा जान्दै

आँखा मात्र जुधाएर कहिलेसम्म पुग्ला?

-संयोग भट्टराई
(चापाकोट, स्याङ्जा)

Post a Comment

Previous Post Next Post