- बच्चा भुइँमा लडेर रुन्छ आमा बच्चालाई काखमा लिएर घाऊ फुफु गर्दै भन्छिन नरोऊ बाबु पछि सबै ठीक हुन्छ !
- डाक्टर साब क्यान्सरले ग्रसीत रोगीको X-ray Report हेर्दै भन्छन पछि सबै ठीक हुन्छ !
- बिरामीको छातिमा स्टेथेस्कोप टाँस्दै नर्स बहिनी भन्छिन चिल्लो, पिरो, अमीलो अलि कम खानुस पछि सबै ठीक हुन्छ !
- जागीर खोज्न हप्तादिन भौतारिँदापनि जागीर नपाएको साथीलाई सान्त्वना दिँदै अर्को साथी भन्छ पछि सबै ठीक हुन्छ !
- भर्खर बिदेश आएको साथीलाई अर्को साथी भन्छ शुरुशुरुमा अप्ठेरो हो बिस्तारै बानि पर्छ पछि सबै ठीक हुन्छ !
- पटक-पटक परिक्षामा असफल भएको बिद्यार्थीलाई हौसला दिँदै tuition teacher भन्छ पछि सबै ठीक हुन्छ !
- एउटा असफल प्रेम कथा कोट्याईरहेको साथीको गीलाँसमा रक्सी थप्दै अर्को साथी भन्छ पछि सबै ठीक हुन्छ !
- अर्को बिहानै भर्खर बिहे गरेर ल्याएको बेहुलिको कपाल सुम्सुमाउँदै बेहुलो भन्छ पछि सबै ठीक हुन्छ !
- भर्खर अभिभावक गुमाएको टुहुरोलाई हातमा दागबत्ति थमाउँदै कान्छा बा भन्छन पछि सबै ठीक हुन्छ !
- बाढी पिछिडतलाई चाऊचाऊ बाँढ्दै सरकार भन्छ पछि सबै ठीक हुन्छ !
- असन्तुष्ट जनतालाई आश्वाशन दिँदै प्रतिपक्ष भन्छ हाम्रो सरकार आएपछि सबै ठीक हुन्छ !
- तस्करसँग सुटुक्क setting मीलाउँदै नेता भन्छन अहिले मामला शान्त हुन दिनुस केहि दिनपछि सबै ठीक हुन्छ !
- शेयरको भाऊ दिनैपिच्छे घटेर पिडित लगानीकर्तालाई कम्पनि भन्छ अर्को हप्ता पछि सबै ठीक हुन्छ !
- तरकारीको भाऊ नपाएको किसानलाई बैना रकम दिँदै बिचौलिया  भन्छ पछि सबै ठीक हुन्छ !
- दिनदिनै व्यापार घाटा बेहोरीरहेको औद्योगीबाट चर्को ब्याज असुल्दै बैँक भन्छ नअताल्लिनुस पछि सबै ठीक हुन्छ !
- जताततै बाट हार खाएर आएको बटुवाको हात हेर्दै जोतिष भन्छ अर्को बर्ष शनिको भोग सकिएपछि सबै ठीक हुन्छ !
- भक्तजनको हात बाट भेटीलिँदै पुजारी बा भन्छन भगवान प्रति आस्था राख्नुस पछि सबै ठीक हुन्छ !
नअताल्लिनुस परिस्थितिसँग नभाग्नुस सामना गर्नुस राम्रो दिन ल्याउनका लागि खराब दिनहरुसँग लड्नु पर्दछ ! खराब समयमा गरिएको असल कामपनि खराब कहलिन्छ ! केहि नभएपनि जिन्दगी त छ ! कर्म गर्नुस धैर्य राख्नुस पछि सबै ठीक हुन्छ !



Post a Comment

Previous Post Next Post