बैशाख जेठको मध्यान्हमापनि
सुर्य मधुरो लाग्छ ।
तिम्लाई हेर्छु अनि फेरि शब्दकोश पल्ट्याउँछु,
तिम्रो अघि मायाँ शब्दको
परिभाषा सांघुरो लाग्छ ।।
२.
जब कोहिसँग प्रेम हुन्छ
एउटै गल्ती बारबार हुन्छ ।
स्थीर जिन्दगीमा एक्कासी
छुट्टै रफ्तार हुन्छ ।
मन मस्तिष्कलाई बन्दि
बनाईन्छ,
अनि कलेजोको सामुन्ने मुटु
गिरफ्तार हुन्छ ।।
३.
सम्झन्न भन्छु मान्दैन मन
तिम्रै नाम प्रसङ्ग बनाउँछ ।
तिमी कुन दुनिँयामा हुन्छौ
याद यता मसङ्ग बनाउँछ ।
तिम्रो तस्बिर हेर्दै
टोलाउँदैमा रात ढल्छ अचेल,
बिहान साढे पाँचको आलारामले झसङ्ग बनाउँछ ।।
४.
तिम्रै हुन्छु भनी ढाँटी थर
फेरिछौ ।
सँगै जिउने पुरानो त्यो रहर
फेरिछौ ।
जब फर्कि आएँ खोजेँ कुना
कुना,
भेटिन कतै तिमी त अर्कै सहर फेरिछौ ।।
५.
कति बोलाएँ तर अहँ दोहोरो
कुरा हुन सकेन ।
आफ्नै सोचेँ तर अहँ मेरै
नामको चुरा हुन सकेन ।
लाखौँ सपनाहरु मध्ये तिम्रो
नामपनि एक थियो,
सपना सपनानै रह्यो तर अहँ
पूरा हुन सकेन ।।
Post a Comment