१.
तिमी यसै राम्री सोह्र
सिँगार चाहिँदैन ।
तिमी भए सारा यो सन्सार
चाहिँदैन ।
तिम्रो त्यो ओठ को लालि नै काफि छ प्रिय,
मुटु रेट्ने त्यो गाजलु धार
चाहिँदैन ।।
२.
मनका ब्यथा मैसँगै बाँड्छे र त
मायाँ लाग्छ ।
छिनछिनमा फोन काट्छे र त मायाँ लाग्छ ।
कहिले हसाउँछे कैले रुवाउँछे उस्ले,
घरीघरी दिमाग चाट्छे र त मायाँ लाग्छ ।।३.
आफैभित्र मरेको यो मन जिएर आउने छु
।
तिम्रा शत्रुहरुलाई टक्कर दिएर
आउने छु ।
यहि पुस महिना त हो पर्ख प्रिय,
माघ मा त डोलि लिएर आउने छु ।।
४.
सुन्छु पराइसँग नाता जोड्दै छौरे
सानु ।
बाचा कसम सबै तोड्दै छौरे सानु ।
मेरो नामको त्यो टाटो मेटायर,
दिलभित्र उस्कै नाम कोर्दै छौरे सानु ।।
५.
तिम्रा ति आँखाको भाव पढ्न सकिनछु
।
तिमीलाई मायाँ गर्छु भनी भन्न
सकिनछु ।
अहो! ठूलो गल्ति गरेछु मैले,
चाहेर पनि म तिम्रो मान्छे बन्न सकिनछु ।।
Post a Comment